बेनी नगरपालिकामा नौ करोडका १२ वटा गौरवको आयोजना

Gandaki Pardesh notice

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. नौ करोड बजेट बिनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ ।

नगरपालिकाले महत्व र प्राथमिकता दिएका पाँच वटा सडक, तीन वटा खानेपानी, एक÷एक भवन, खेलमैदान र चिस्यानगृह निर्माण गर्न विभिन्न शिर्षकबाट रु. नौ करोड एक लाख बजेट बिनियोजन गरेको छ । नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख ईञ्जिनियर बिमलरञ्जन कार्कीले सात वटा ठूला योजनाको ठेक्का लागिसकेको बताउनुभयो ।

“ठेक्काबाट दुई वटा योजना निर्माण शुरु भइसकेका र पाँच वटा शुरु हुने तयारीमा छन,” उहाँले भन्नुभयो “तीन वटा योजनाको ठेक्का आव्हान भएको छ । एउटाको लागत अनुमान तयार गरेर ठेक्का प्रक्रीयामा लैजाने तयारीमा छौ ।”

Shreekrishna hardwear in news

नगरपालिकाले रु. एक करोड बजेट बिनियोजन गरेको बेनी–पाखापानी सडक अन्तरगत वडा नम्बर ६ अर्थुङ्गे देखि वडा नम्बर ९ को सिमाना सम्मको सडक ढलान, नाली, घुम्ती र ग्रेड सुधार गर्न कृसु निर्माण सेवा काठमाडौले रु. ६६ लाख ९३ हजार ३९१ मा ठेक्का पाएको छ ।

Bhautik ministry notice about road

रु. एक करोड २१ लाख लागत अनुमान गरिएको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक निर्माणका लागि उत्तरगंगा निर्माण सेवा बेनीले रु. ८५ लाख ४० हजारमा ठेक्का पाएको छ । गण्डकी प्रदेश सरकारले रु. ५० लाख, नगरपालिकाको गौरवको योजना शिर्षकमा रु. २५ लाख र समपुरक कोषबाट ४६ लाख बिनियोजन गरेको थियो । यो योजना मार्फत वडा नम्बर ६ को बाँसबोट सम्म तीन÷तीन सय मिटर ढलान र कालोपत्रका साथै नाली निर्माण गर्ने लक्ष्य छ ।
रु. ७० लाख लागत अनुमान गरिएको बेनी–महारानीथान–छाप–ठुलोखोला सडक योजना खुसीहोम बिल्डर्सले रु. ५८ लाखमा ठेक्का लिएको छ । वडा नम्बर ४ र ६ को भूगोलमा ग्यावीयन पर्खाल, नाली, सोलिङ र ढलान गर्न लागिएको हो । रु. २५ लाख बिनियोजन भएको बेनी–ज्यामरुककोट सडकको तल्लो क्षेत्रमा पहिरो नियन्त्रण र माथिल्लो खण्डमा नाली बनाउन भगवति मालिका कन्ट्रक्सनले रु. २० लाख ५० हजारमा ठेक्का लिएको छ ।

२३ लाख ३० हजार बिनियोजन भएको बेनपा–४ को तातोपानी बजार कालोपत्रे गर्ने योजना सोमरस निर्माण सेवाले रु. २१ लाख २२ हजारमा ठेक्का पाएको छ । तल्लो तातोपानी बजार भित्र प्रिमिक्स प्रबिधिको कालोपत्र गरिने नगरपालिकाले जनाएको छ ।

रु. ५० लाख बिनियोजन भएको बेनी मिनि रंगशाला योजना निर्माणका लागि रु. ३५ लाख ९३ हजारमा ठेक्का लिएको उत्तरगंगा निर्माण सेवाले पर्खाल र प्याराफिट निर्माण शुरु गरेको छ । नगरपालिकाको प्रशासकीय भवनको तला थप गर्ने योजनाको ठेक्का पाएको शंकर निर्माण सेवाले पनि काम तिब्र रुपमा गरिरहेको छ ।

रु. ७३ लाख बजेट बिनियोजन भएको नगरपालिकाको भवनमा तला थप गर्ने योजना रु. ५२ लाख ५८ हजार २०० मा ठेक्का सम्झौता भएको थियो । संघीय सरकारको रु. एक÷एक करोड अनुदान प्राप्त गाजने–नयाँगाउँ–ढोलठान–पुलाडाडा र पात्लेखेत काछलुङ खानेपानी आयोजनाको ठेक्का आव्हान भएको छ । बिशेष अनुदानबाट रु. ४९ लाख ३० हजार प्राप्त खबरा खानेपानी योजनाको अधुरो कामलाई पूर्णता दिन पनि ठेक्का आव्हान भएको छ ।

संघीय सरकारको रु. ७० लाख, प्रदेश सरकारको रु. ५० लाख अनुदान र नगरपालिकाले रु. ७० लाख बिनियोजन गरेको चिस्यान गृह निर्माणका लागि ठेक्का आव्हान गर्ने तयारी भएको छ ।
बेनी नगरपालिका ४ सिंगामा ३०० मेट्रिक्टन क्षमताको फलफुल र तरकारी भण्डारण गर्ने चिस्यान गृह बनाउन लागिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । रु. १५ लाख सम्म बजेट बिनियोजन भएका योजना उपभोक्ता समिति र सो भन्दा बढी बजेटका योजना ठेक्का प्रक्रीयाबाट कार्यान्वयन गर्ने नगर प्रमुख केसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...