दुर्घटना भएको सात महिनापछि तारा एयरको जहाजका भग्नाबशेष संकलन

Sinchai Khanipani notice

बेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछ संकलन गर्न थालिएको छ ।

गत जेठ १५ गते पोखरा देखि जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका ३ सहित २२ जनाको मृत्यु भएको थियो । भौगोलिक रुपमा विकट र दुर्गम पहाडको खोच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई संकलन गर्न तारा एयरले सोमबार देखि मजदुरको टोली परिचालन गरेको हो ।

टोलीको नेतृत्व गरेका इन्द्रसिंह शेरचनले समुन्द्रि सतहदेखि चार हजार तीन सय मिटर उचाइको पहाडबाट जहाजका पाटपुर्जा र सामानहरु संकलन गरेर कोवाङ झार्न थालिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा जहाजको भग्नावशेस रहेका छन् । ‘१०–१२ले सानुसरेबाट कोवाङमा सामान बोकेर झार्न थालेका छौ,’ उहाँले भन्नुभयो ‘विकट, अप्ठ्यारो बाटोमा पहिरो गएर रुखहरु समेत ढलेका छन् । जहाजका सबै सामान संकलन गरेर कोवाङ ल्याउन करिब १० दिन लाग्ने अनुमान गरेका छौ ।’

Bhautik ministry notice about road

दुर्घटनाग्रस्त जहाजको ब्लयाक बक्स भने त्यतीबेलामै फेला परेको थियो । शेरचनको नेतृत्वमा वि.स. २०७२ फागुनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सोलीघोप्टेमा दुर्घटना भएको तारा एयरको जहाजका पाटपुर्जा संकलन गरेर दाना झारिएको थियो । दुर्घटनाग्रस्त जहाजका पाटपुर्जा र सामान सम्बन्धित कम्पनीले उठाउछन् ।

बिमा दावीका लागि सामान उठाउनुपर्ने हुन्छ । अर्कोतर्फ आकाशबाट सहजै देखिने दुर्घटनाग्रस्त जहाजको भग्नावेशको दृष्यले नकारात्मक मासिकताको सिर्जना गर्ने हुँदा पनि सम्भव भएसम्म पाटपुर्जा र सबै सामान संकलन गर्ने गरिन्छ । केही दिनअघि तारा एयरको टोलीले जहाज दुर्घटना स्थलको हेलिकप्टरबाट अवलोकन गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...