बेनीमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Add Samajik bikash office

बेनी, । बेनीमा शनिबार जिल्लाव्यापी आधारभुत तथा मावि स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

म्याग्दी जिल्ला ब्याडमिन्टन संघले प्रतियोगिता आयोजना गरेको हो । आधारभुत तहको छात्रतर्फ बेनी आवासीयका रियान श्रेष्ठ प्रथम, प्रकाश माविका नेल्सन बुढाथोकी द्धितिय, बेनी सामुदायिका मधु बुढाथोकी र दिवस पुन तृतिय भएका छन् ।

त्यस्तै छात्रातर्फ बुद्ध एकेडेमीकी प्रकृति रन्तिजा प्रथम, न्यु वेष्ट प्वाइन्ट आवासीय माविकी बृटिना सुबेदी द्धितिय, न्यु वेष्ट प्वाइन्टकी मुस्कान भण्डारी र बेनी आवासीय माविकी एलिना शर्माले तृतिय स्थान हात पारिन् । प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको थियो ।
त्यसैगरी मावि स्तरीयमा छात्रतर्फ बेनी सामुदायिकका दियान थापा प्रथम, न्यु वेष्ट प्वाइन्टका विज्ञान भण्डारी द्धितिय, न्यु वेष्ट प्वाइन्ट प्रतिक रिजाल र हिमान्शु बरुवालले तृतिय स्थान हात पारेका थिए ।

Shreekrishna hardwear in news

छात्रातर्फको सम्पूर्ण विजेता बेनी सामुदायिक माविका भएका छन् । जसमा पेरिसा थापा प्रथम, द्धितिय अपेक्षा बरुवाल, तृतिय मिना बुढाथोकी र सर्मिला विक रहेको म्याग्दी ब्याडमिन्टन संघका सचिव भरत थापाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुने विजेताले क्रमश ३ हजार, २ हजार, ५ सय, ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरिएको थियो ।

Bhautik ministry notice about road

सोही अवसरमा विद्यालयस्तरमा प्रथम हुनेलाई केसी स्र्पोट्सबाट एक–एक थान राकेट वितरण गरिएको थियो । विजेतालाई प्रदेशसभा सदस्य हरि भण्डारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्री किरण कारन्जित, म्याग्दी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष हिमालय कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

म्याग्दी जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको जिल्लास्तरीय ‘सि’ डिभिजन ब्याडमिन्टन प्रतियोगिताको उपाधी सुर्य मगर, सन्दिप गौतम र धौलागिरी स्तरीय खेलको उपाधी प्रवेश मगर र सन्दिप अधिकारीको समुहले जितेको छ ।

कालिपुलस्थित कर्वड हलमा आयोजित प्रतियोगिता अन्तरगत ‘सि’ डिभिजनमा ४३ टिमको सहभागिता रहेकोमा द्धितिय डोलराज र सोम थापा, तृतिय दियान थापा, कृपेश शर्मा र सचिन शाक्य, सज्जन शाक्यको समुहले जितेको म्याग्दी जिल्ला ब्याडमिन्टन संघले जनाएको छ । प्रतियोगितामा विजेतालाई क्रमश २० हजार, १० हजार र तृतिय दुई टिमलाई ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

त्यस्तै साविकको धौलागिरी अञ्चलस्तरीय प्रतियोगितामा १६ टिम सहभागी रहेकोमा द्धितिय टिकप्रसाद पुर्जा र भुपेन्द्र केसी तृतिय राज मगर, निसान गुरुङ चन्द्र पुन र विष्णु रिजाल भएका छन् । धौलागिरी स्तरीयमा पुन र रिजालको जोडी बाहेक सबै विजेता म्याग्दीका हुन् ।
उक्त प्रतियोगितामा प्रदेशसभा सदस्य हरि भण्डारीले प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ३० हजार, २० हजार, ५ हजार र ५ हजार नगद, ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन जिसस प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । प्रतियोगितामा अन्तराष्ट्रिय र राष्ट्रिय मान्यता प्राप्त रेफ्रीले खेल सञ्चालन गर्नुभएको आयोजकले जनाएको छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...