जलजलाका जनप्रतिनिधि न्यानो कपडा लिएर अपाङ्गको घरदैलोमा

Sinchai Khanipani notice

साजन परियार
बेनी । ३१ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस पारेर पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधि न्यानो कपडा लिएर अपाङ्गता भएका नागरिकको घरदैलो अभियानमा निस्किएका छन् ।
गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य (आकाश)को टोलीले (क) बर्गका अपाङ्गलाई घरमै पुगेर न्यानो कपडा वितरण गर्न शुरु गर्नुभएको हो । शनिबार वडा नम्बर ६ र ७ का ८ जना क बर्गका अपाङ्गलाई घरमै पुगेर न्यानो कपडा वितरण गरेको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

Bhautik ministry notice about road

गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख बिन्दु शर्माले अन्य वडाका क बर्गका अपाङ्गलाई पनि घरमै पुगेर घेटघाट गरी न्यानो कपडा उपलब्ध गराउने कार्यक्रम रहेको बताउनुभयो । औपचारिक कार्यक्रम गरेर कुनै एक ठाउँमा भेला गराउन लक्षित बर्गलाई सास्ती हुने भएकाले उनिहरुलाई घरमै गएर भेट्ने, अवस्था, समस्या बुझ्नका लागि घरदैलोमा पुग्ने कार्यक्रम बनाएको गाउँपालिकाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...