अपाङ्गता दिवसमा बेनीमा दिप प्रज्वलन

Add Samajik bikash office

बेनी, । अपाङ्गता भएका व्यक्तिहरुको ३१ औ अन्तराष्ट्रिय दिवसको अवसरमा शनिबार म्याग्दीको सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको छ ।
‘समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रर्वद्धन’ भन्ने मुल नाराका साथ सामाजिक विकास कार्यालय र बेनी नगरपालिकाको सहयोगमा दिवस मनाइएको हो ।
अपाङ्ग संघ म्याग्दी, अपाङ्गता भएकाहरुको अभिभावक संघ लगायत संस्थाहरुले दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेका थिए । सो कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा र क्षमता पहिचान गरि अवसर दिनुपर्ने बताउनुभयो ।

Bhautik ministry notice about road


अपाङ्गता भएका नागरिकको पहुँच वृद्धिका लागि सार्वजनिक पूर्वाधारलाई अपाङ्गमैत्री बनाउने र क्षमता अनुसारको अवसरका लागि नगरपालिका साथमा रहेको बताउनुभयो । अपाङ्ग महासंघका केन्द्रिय सदस्य सुरेन्द्र खत्री, दन्द्धपिडित अधिकार समाजका भिमबहादुर रिजाल, अपाङ्गता भएकाहरुको अभिभावक संघका यामबहादुर बानिया लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
दिवसको अवसरमा आइतबार बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा अपाङ्गता भएकाहरुको प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...