घारमा सभाहल निर्माण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बहुउद्देश्यीय सभाहल निर्माण भएको छ ।
अन्नपूर्ण गाउँपालिकाले २०० जना क्षमताको सभाहल निर्माण गरेको हो । अन्नपूर्ण–६ घारका वडा अध्यक्ष रामबहादुर खड्काले सभाहलको पूर्वाधार निर्माण, रंगरोगन, झ्याल, ढोका, विद्युत जडानको काम सकिएको बताउनुभयो ।
“गत वर्ष शुरु भएको सभाहल निर्माण योजनालाई यसपाली पनि बजेट बिनियोजन गरेर पूर्णता दिएका छौ,” उहाँले भन्नुभयो “कुर्चि, टेबुल लगायत फर्निचर व्यवस्थापन गरेर व्यवस्थित किसिमले सभाहल सञ्चालन गर्छौ ।”
आर्थिक वर्ष २०७८÷७९ मा दुई चरणमा रु. २५ लाख बिनियोजन भएको सभाहल निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. छ लाख पचास हजार बिनियोजन गरेको छ ।
उपभोक्ता समिति मार्फत सभाहल निर्माण गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयो । सभाहल भित्र स्टेज पनि बनाइएको छ । सभाहल निर्माण भएपछि तालिम, गोष्ठि, भेला, बैठक, सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज हुने भएको छ ।
यसअघि संरक्षण क्षेत्र व्यवस्थापन समितिको भवन रहेको ठाउँमा सभाहल निर्माण गरिएको हो । पुरानो भवनमा रहेको प्रहरी चौकीलाई स्थानान्तरण गरिएको थियो । सभाहल नजिकै यसअघिनै वडा कार्यालय भवन निर्माण भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...