जलजलामा पालिका स्तरीय परिक्षा सम्पन्न

Gandaki Ghumau

बेनी,। पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सुधारका लागि उपलब्धी मापन गर्न पालिका स्तरीय परिक्षा सम्पन्न गरेको छ ।

अधिकाँश स्थानीय तहहरुले कक्षा ८ को पालिका स्तरीय परिक्षा सञ्चालन गदै आएपनि जलजलाले ३, ५, ८ र १० का बिद्यार्थीहरुको उपलब्धी मापन गर्न पहिलो पटक परिक्षा सञ्चालन गरेको हो । ९ वटा केन्द्र तोकेर बिहिवार एकै पटक एक हजार दुई सय १८ जना बिद्यार्थीहरुलाई परिक्षामा सहभागी भएका गाउँपालिकाका शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

बिद्यालयले लिने आन्तरीक परिक्षा भन्दा फरक यस परिक्षाबाट विद्यार्थीको कमजोरी पहिचान गरि सुधारका लागि शिक्षक तथा विद्यार्थीहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको शिक्षा अधिकृत आचार्यले बताउनुभयो । पालिका बाहिरबाट प्रश्नपत्र बनाएको गाउँपालिकाले जनाएको छ ।

Shreekrishna

गाउपालिका भित्रका बाँसखर्कको ज्यातीमण्ड मावि, मल्लाजको बिद्याज्याती मावि, वारीबेनीको न्यू होराइजन आवासीय मावि, लकेफाँटको ग्रामप्रकाश मावि, मालिका आधारभूत विद्यालय, धाइरिङको कृष्णभवन धर्म मावि, नाग्लीवाङका जककल्याण मावि, बनौको धवलागिरी आधारभुत विद्यालयमा केन्द्र कायम गरिएको थियो ।

शिक्षाको कारण गाउँ घर खाली हुँदै गैराखेको अबस्थामा सरकारी बिध्यालयको शैक्षिक गुणस्तरीय खालको बानाउने निजी स्कुल जस्तो बनाउने र शैक्षिक सुधार आफ्नो पहिलो प्राथमिकता प्राथमिकता रहेको अध्यक्ष राजु प्रसाद आचार्यले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...