तोरीपानीका कृषकलाई टिम्मुर टिप्ने र काँटछाट गर्ने औजार वितरण

Add Samajik bikash office

म्याग्दीको बेनी नगरपालिका–९ को भूमेसिद्ध टिम्मुर सञ्जालमा आवद्ध कृषकहरुलाई बुधबार टिम्मुर टिप्ने र काँटछाँट गर्ने ४० थान औजार वितरण गरिएको छ ।

जर्मनीको गार्डेना कम्पनीले उत्पादन गरेको औजार लुपथान्सा एअरलाइन्सले इको हिमाल अस्ट्रिया मार्फत निशूल्क उपलब्ध गराएको हो । ईकोहिमाल अस्ट्रियाका अध्यक्ष प्रोफेसर कुर्ट, इकोहिमाल नेपालका कार्यकारी प्रमुख एक नारायण ढकाल र जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले औजार वितरण गर्नुभएको थियो ।

वडा सदस्य झलक विश्वकर्मा, सारदा विक र भूमेसिद्ध टिम्मुर सञ्जालका अध्यक्ष सागर बानियालाई औजार हस्तान्तरण गरिएको थियो । संस्थाका अध्यक्ष कुर्ट लङगरले औजारले कृषकलाई टिम्मुर टिप्न सहज र टिम्मुर संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।

Shreekrishna hardwear in news

काडाधारी बोटमा फल्ने टिम्मुरको फल टिप्नका लागि रुखनै काटिदाँ बिरुवानै मासिने खतरा बढेपछि जर्मनीमा विकास भएको औजार भित्र्याएर कृषकलाई उपलब्ध गराएको ईकोहिमाल नेपालका कार्यकारी प्रमुख ढकालले बताउनुभयो ।

Bhautik ministry notice about road

उहाँले म्याग्दीमा टिम्मुर खेती विस्तारका लागि अनुसन्धानका साथै अन्तराष्ट्रिय बजारमा पु¥याउन जर्मनीमा लगेर प्रयोगशालामा परिक्षण गर्ने व्यवस्था संस्थाले मिलाएको बताउनुभयो । कृषकहरुले प्रयोग गरेपछि आउने प्रतिक्रीयापछि थप औजार भित्र्याउने अथवा डिजाइन परिवर्तन गर्ने बताउनुभयो ।

ढकालका अनुसार भन्सार शूल्क सहित सो औजारहरु रु. दश लाख मूल्य बराबरका छन् । भुईबाटै टुप्पोमा फलेका दानाको झुप्पालाई काट्न मिल्ने सिकेचर, हाँगा काटछाटमा प्रयोग हुने सिकेर, करौटी लगायतका औजारहरु रहेका छन् । तीन प्रकारका सिकेचर उपलब्ध गराएका छन् ।

सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले म्याग्दीमा व्यवसायिक टिम्मुर खेतीको विस्तारसँगै बजारीकरण र गुणस्तर सुधारमा जोड दिइएको बताउनुभयो । तोरीपानीमा टिम्मुर प्रसोधन गर्ने औजार खरिद गर्न वन डिभिजनले सहयोग गरेको उहाँले बताउनुभयो ।

भूमेसिद्ध टिम्मुर सञ्जालका अध्यक्ष सागर बानियाले ४० थान मध्य चार थान रघुगंगा गाउँपालिका–३ कलेजावाङका कृषकलाई दिने र बाँकी औजारहरु आलोपालो गरेर गाउँमै प्रयोग गरिने बताउनुभयो । टिम्मुरको गुणस्तर सुधारका लागि यसपाली पाकेपछि मात्रै मंसिरमा टिम्मुर टिप्न लागिएको बताउनुभयो । औजारको प्रयोग गरेर टिम्मुरको फल टिप्न र अनावश्यक हाँगा काटछाट गर्न पनि औजार प्रयोग गर्न कृषकहरुलाई अनुरोध गर्नुभयो । तोरीपानी, ढावा, धुपीबोट, ढोलथानका १०० जना भन्दा बढी कृषकहरुले व्यवसायिक टिम्मुर खेती गरेका छन् ।

मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिम्मुर बेनी, पोखरा, काठमाडौ, नारायणघाट लगायत बजारका साथै जापान र कोरीयाबाट पनि माग आएको छ । टिम्मुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ । रमरम गर्ने स्वाद पाइने, न्यानो बनाउने र बास्नादार टिम्मुर गुणस्तर अनुसार प्रतिपाथी दुई हजार पाँच सय देखि चार हजार रुपैयाँका दरले बिक्री हुने गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...