करबाकेलीमा चामबहादुरको प्रतिमा

Gandaki Ghumau

करबाकेली, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित करबाकेली क्षेत्रको विकास र पुन समुदायको उत्थानमा अगुवाई गर्नुभएका चामबहादुर पुनको प्रतिमा स्थापना भएको छ ।

करबाकेली बाबा संरक्षण समितिले संस्थाका संरक्षक समेत रहेका पुनको प्रतिमा बनाएको हो । प्रतिमाको मंगलबार पुन समाज नेपालका अध्यक्ष भिमबहादुर पुनले अनावरण गर्नुभयो । चामबहादुरले करबाकेलीबाबा र पुन समुदायको बारेमा खोज अनुसन्धान तथा करबाकेलीको पूर्वाधार विकासको अगुवाई गरेर महत्वपूर्ण योगदान गर्नुभएको भिमबहादुरले बताउनुभयो ।

Gunasthariya Shiksya

करबाकेली थान परिसरमा प्रतिमा बनाइएको हो । प्रतिमा निर्माणका लागि बेलायतमा रहेका अतिप्रसाद पुनले रु. एक लाख ३५ हजार, गिरबहादुर पुनबाट रु. एक लाख ३५ हजार र मुर्तिकार धनु याख्याबाट रु. ३५ हजार सहयोग प्राप्त भएको करबाकेली संरक्षण समितिका सचिव रवी पुनले बताउनुभयो ।

Shreekrishna

१५ बर्ष बेलायती गोर्खा सैनिकमा सेवा गरेका ६७ वर्षीय चामबहादुर विश्वकै सुबिधासम्पन्न मानिने लण्डन शहरमा परिवारसँगको बसाई छाडेर पछिल्लो एक दशक आफ्नै जन्मथलोको बिकासमा खर्चनुभएको छ ।
उहाँको अगुवाईमा करवाकेलीमा समुदाय स्तरबाट रु. दुई करोड पचास लाख सहयोग जुटाएर पुन समुदायको कुल देवता ‘करबाकेलि’को थान, पुजा स्थल, सामुदायिक लज, पदमार्ग र संग्रहालय निर्माण भएको छ ।
“लाहुरे बनेर आफ्नो आर्थिक अवस्था सुधारेपनि गाउँमा गरिबी घटाउने र बिकासको भोक मेटाउने चिन्ताले सताइरहन्थ्यो,” चामबहादुरले भन्नुभयो “मैले समय मिलाए । परिवार र समाजको साथले करबाकेलीको कायापलट गर्न सम्भब भएको हो ।”
दशकअघिसम्म बाँझिएको डाडाँको पाखोमा पूर्बाधार बनाएर त्यसैलाई केन्द्रित गरी ‘करबाकेली इको टे«क’ सञ्चालन गरेपछि करबाकेली म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय गन्तब्य स्थल बनेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...