करवाकेलीको पुन संग्रहालय उद्घाटन (फोटो फिचर)

Sinchai Khanipani notice

करवाकेली, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा स्थित करबाकेलीमा चन्दा जुटाएर संग्रहालय स्थापना भएको छ । रु. ८० लाख खर्चेर स्थापना भएको संग्रहालयमा सरकारी निकायको रु. १३ लाख बाहेक बाँकी लगानी चन्दाबाट जुटाइएको हो ।

करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुन संग्रहालय सञ्चालन गरिएको हो । संग्रहालयको सगरमाथा आरोही तथा नायिका दिया पुनले मंगलबार उद्घाटन गर्नुभयो ।

“हाल प्रचलनमा नरहेका तर हाम्रा पुर्खाले दैनिक जिवनयापनका लागि प्रयोग गरेका सामग्रीहरुको एकै ठाउँमा अवलोकन गर्ने अवसर करवाकेली संग्रहालयले जुराएको छ,” नायिका पुनले भन्नुभयो “यो संग्रहालय हाम्रो इतिहाँसको अध्ययन गर्ने थलोको रुपमा विकास हुनेछ् ।”

Shreekrishna hardwear in news

संग्रहालय उद्घाटनका अवसरमा पुन समुदायले मौलिक पुख्यौली नृत्य प्रर्दशन गरेका थिए । चन्दादाताहरुलाई सम्मान गरएको थियो । संग्रहालय निर्माणका लागि संस्थागत र व्यक्तिगत रुपमा रु. ८१ लाख ८३ हजार १३८ सहयोग जुटेको र रु. ८० लाख ३९ हजार ३४५ खर्च भएको करबाकेली संरक्षण समितिका सचिव रबी गर्बुजाले बताउनुभयो ।

“अन्नपुर्ण गाउँपालिकाले रु. सात लाख र प्रदेश सरकारले रु. पाँच लाख सहयोग गरेका छन्,” उहाँले भन्नुभयो “बाँकी स्वदेश तथा विदेशबाट चन्दा सहयोग प्राप्त भएको हो । रु. एक लाख ४३ हजार ७९३ बचत भएको छ ।”

कला, संस्कृति, जनजिवन र पहिचान झल्काउने सामग्रीहरुलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने उद्देश्य राखेका राखिएको छ । करवाकेली संरक्षण समितिका संरक्षक चामबहादुर पुनले दैनिक जिवन, रितिरिवाज, संस्कृति र रहनसहनमा आधारीत सामग्रीहरु संकलन गरेर संग्रहालयमा राखिएको बताउनुभयो ।

संग्रहालयमा म्याग्दीमा बसोबास गर्ने पुन समुदायले प्रयोग गर्ने परम्परागत सामग्री, पोशाक, हात हतियार, भाडाँ, गहना लगायतका सामग्री संकलन गरेर राखिएको छ । पुराना पुस्तक र धातुका सिक्काहरु पनि संग्रहालयमा अवलोकन गर्न सकिन्छ ।

वि.स. २०७८ बैशाखमा निर्माण सकिएको भवनमा सामग्री जुटाउने र सजावटको काम सकिएपछि अवलोकनका लागि खुला गरिएको हो । परम्परागत शैली र प्रबिधिको प्रयोग गरेर निर्माण गरिएको दुई तले भवनमा सामग्रीहरु सजावट गरेर राखिएको छ ।

ढुङ्गा, माटो, चुना, सिमेन्ट, बालुवा, काठ प्रयोग गरेर भौलिकता झल्कने आकर्षक दुई तले भवन निर्माण गरिएको छ । पुन समुदायको अगुवाइमा संग्रहालय स्थापना गरिएपनि म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाइएको छ ।

पुन समुदायका कुल देवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा रु.दुई करोड भन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पुजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदान लगायतका पुर्वाधार निर्माण भइसकेको छ ।

Bhautik ministry notice about road

स्थानीयबासीले निशूल्क उपलब्ध गराएको १९ रोपनी जग्गामा पूर्वाधार निर्माण भएको हो । स्थानीय प्रबिधि र परम्परागत सिपको प्रयोग गरि मौलिक शैलीको करबाकेलीको थान बनाइएको छ । थानभित्र बहुमूल्य धातुले जलप लगाएको करबाकेली, उनका श्रीमतीहरु हिमला, फिमला, छोराहरु रामचन र कुलचनको मुर्ति छन् ।

मन्दिरको प्रवेशद्धारमा सुन गरुडको शालीक बनाइएको छ । गरुड पुनहरुले पुज्ने पंक्षी हो । यस स्थानमा पुजाआजा र दर्शन गरेमा मनोकांक्षा पुरा हुने विश्वास छ । पुन समुदायले जेठको पहिलो उजेली मंगलबार र मंसिरको पहिलो उजेली मंगलबार पारेर पूजा गर्छन् ।

करबाकेली सम्म पुग्ने करिब एक किलोमिटर पदमार्ग र प्रवेशद्धार पनि निर्माण निर्माण गरेका छन् । करबाकेली परिसरमा करिब एक हजार जना क्षमताको सभाहल निर्माण भएको छ । घेराबार सहितको बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान बनाइएको छ ।

करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुबिधाका लागि सामुदायिक होटल सञ्चालन गरिएको छ । नौ वटा कोठा रहेको उक्त होटलमा एक दिनमा ५० जना भन्दा बढी पाहुना बास बस्न सक्ने सुबिधा छ ।

समुन्द्री सहतदेखि दुई हजार २०० मिटरको उचाईमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचे लगायत १० वटा हिमश्रृङखलाको साथै म्याग्दी र पर्वतका ग्रामिण बस्ती र गुराँसको जंगल अवलोकन गर्न सकिन्छ ।

नागबेली परेर बगेको कालीगण्डकीको मनमोहक दृष्य देखिन्छ । करबाकेलीलाई केन्द्रित गरेर समुदायकै पहलमा ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । करबाकेली इको ट्रेकका अध्यक्ष यामबहादुर पुनले जंगल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न पाउनु यस पदमार्गको बिशेषता भएको बताउनुभयो ।

पोखराबाट घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ । बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फुलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ । करवाकेलीमा पूर्वाधार निर्माणसँगै पर्यटकको चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–८ का वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...