म्याग्दी क्याम्पसमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

Add Samajik bikash office

बेनी, । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सोमबार म्याग्दी बहुमुखी क्याम्पसमा लैङ्गिक हिँसाको स्वरुप, कानूनी व्यवस्था, उपचार र सम्बन्धित निकायहरुको भुमिका विषयक कार्यक्रम सम्पन्न भएको छ ।
अभियान अन्तरगत क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लैङ्गिक हिँसा बिरुद्धको सक्रियता र कानुनी उपचार लगायत विभिन्न विषयमा जानकारी गराइएको थियो । कार्यक्रमको अवसरमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले लैङ्गिक हिंसाको कानुनी प्रतिवाद र न्यूनिकरणमा विद्यार्थीको सक्रियता अति आवश्यक रहेको बताउनुभएको थियो ।
विद्यार्थीमार्फत समाजमा लैङ्गिक हिंसा बिरुद्धको अभियानलाई प्रभावकारी बनाउन सकेमा समाजबाट हिंसा न्यूनिकरणमा ठूलो सफलता मिल्ने कार्यक्रमका प्रमुख अतिथि एवम् प्रशिक्षक सहायक प्रजिअ शर्माको भनाई थियो । कार्यक्रमका क्याम्पसकी सहायक प्रध्यापक विष्णु रोकाले मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन सामाजिक विकास कार्यालयका योजना अधिकृत बाबुराम आचार्यले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा क्याम्पसमा अध्ययनरत डेढ सय विद्यार्थीको उपस्थिती रहेको थियो । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विश्वभर मनाउँदै आएको पाइन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३० वर्ष भैसकेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...