मंगलाघाटमा गणेश मन्दिर निर्माण शुरु

Add Samajik bikash office

बेनी । बेनी नगरपालिका–७ मंगलाघाट स्थित सत्यसाई भजन समूहको भवन परिसरमा गणेश मन्दिर निर्माण शुरु भएको छ ।

सामाजिक विकास कार्यालयको सहयोगमा निर्माण हुन लागेको मन्दिरको सत्य साई केन्द्रका पुर्व अध्यक्ष तथा जेष्ठ नागरिक नैनकुमार श्रेष्ठले सोमबार शिलन्यास गर्नुभयो । मन्दिर निर्माणका लागि सामाजिक विकास कार्यालयले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. पाँच लाख बिनियोजन गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर रिजाल (राजु)ले आगामी दुई महिनाभित्र मन्दिर निर्माण सक्ने लक्ष्य राखिएको बताउनुभयो । मन्दिर निर्माणमा करिब ८ लाख लागत अनुमान गरिएको छ । अपुग रकम जुटाउन दाताहरुको खोजी भइरहेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मन्दिरमा गणेशको मुर्ति र गजुर राख्न पनि दाता खोजि गरिएको अध्यक्ष रिजालले बताउनुभयो । सार्वजनिक शौचालय निर्माण भइरहेको छ । बेनी–दरवाङ सडकको छेउमा मन्दिर निर्माण भएपछि स्थानीयबासीलाई पुजाआजा गर्न सहज हुने बताइएको छ । घेराबार र भान्सा कोठा पनि बनाउने योजना छ ।

मन्दिर निर्माण हुन लागेको ठाउँ नजिकै गत वर्ष बेनी नगरपालिकाको सहयोगमा करिब ८० जना क्षमताको सत्य साई केन्द्रको भवन निर्माण भएको थियो । सो भवनमा सत्य साइ केन्द्रमा आवद्ध स्थानीयबासीले भजनकिर्तन गर्छन् ।

नगरपालिकाले रु. दुई लाख पचास हजार बिनियोजन गरेको सो भवनलाई स्थापनीयबासीले चन्दा र श्रमदान जुटाएर पुर्णता दिएका थिए । करिब रु. सात लाखको लागतमा भवन निर्माण भएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...