म्याग्दीमा ३ देखि ६ प्रतिशत मत वदर

Sinchai Khanipani notice

बेनी । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा ३ देखि ६ प्रतिशत मत वदर भएको छ ।

पाँच वर्षअघिको चुनावको तुलनामा वदर मतको दर घटेपनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ । समानुपातिक मतपत्र धेरै बदर भएको छ । प्रतिनिधिसभाको तुलनामा प्रदेशसभाको मत बदर कम छ ।

८६ हजार १२० जना मध्य ५० हजार ३७८ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो । कुल खसेको मत संख्या प्रतिनिधिसभाको समानुपातिकमा मात्र मतदान गरेका कर्मचारी, कारागारका कैदी बन्दी, जेष्ठ नागरिक र सुरक्षाकर्मी लगायत अस्थायी मतदाताहरुको हो ।

Shreekrishna hardwear in news

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४९ हजारर ६९९ मत खसेकोमा ४७ हजार ६१४ सदर र दुई हजार ८५ अथवा चार दशमलब ३७ प्रतिशत बदर भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताउनुभयो । प्रतिनिधिसभाको समानुपातिकमा ५० हजार ३७८ मत खसेकोमा ४७ हजार ३३२ मत सदर र दुई हजार ६४६ अथवा ५.५९ प्रतिशत वदर भएको छ ।
सबैभन्दा धेरै प्रदेशसभाको समानुपातिकतर्फ ६.५८ प्रतिशत मत वदर भएको छ । ४९ हजार ४५० मत खसेकोमा ४६ हजार ४८० मत सदर र तीन हजार ६० मत वदर भएको छ । प्रदेशसभाको क्षेत्र (१) मा २८ हजार ७०८ मत खसेकोमा २७ हजार ७४९ सदर र ९५९ अथवा ३.४५ प्रतिशत वदर भएको छ ।

प्रदेशसभा क्षेत्र (२) मा २१ हजार ९६ मत खसेकोमा २० हजार २६८ सदर र ७४८ अथवा ३)६९ प्रतिशत वदर भएको छ । एउटै मतपत्रमा धेरै चिन्हमा छाप लगाएको, कुनै मतपत्रमा छापनै नलगाई बाकसमा खसालेका, दुई वटा चिन्हको बिचमा छाप लगाएको, चिन्हको घेरा भन्दा बाहिर संकेत गरेर धेरै मत वदर भएको छ ।

Bhautik ministry notice about road

प्रत्यक्षतर्फको मतपत्रमा उमेद्वार नभएको दलको चुनाव चिन्ह थिएन् । चार वटा मतपत्रमा छाप लगाउनुपर्नेमा केहीले दोस्रो, तेस्रो र चौथो मतपत्रमा संकेत गर्नुको साथै पहिलो मतपत्रमै चार ठाउँमा संकेत गरेका थिए । प्रत्यक्ष तर्फको तुलनामा समानुपातिकको मतपत्रमा संकेत गर्दा मतदाताले विगारेका गणनामा संलग्न कर्मचारीहरुले बताएका छन् ।

मतदातामा शिक्षाको कमी, राजनीतिक दलहरुले चुनावी तालमेल गरेपनि मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाउन बेवास्ता गर्नु र मतदाता शिक्षा कार्यक्रम सबै टोल बस्तीमा पुग्न नसकेले मत बदर बताइएको छ ।

प्रत्यक्षतर्फको प्रतिनिधिसभाको मतदान अधिकृतले हस्ताक्षर नगरेको १२९ वटा मतपत्र भेटिएको थियो । ३ वटा मतदान केन्द्र रहेको मालिका गाउँपालिका ५ देविस्थानको १०४ र रघुगंगा गाउँपालिका–५ झिँको एक वटा मतदान केन्द्रको २५ वटा मतपत्रमा अधिकृतको हस्ताक्षर थिएन् ।

यद्यपी गत वैशाख र २०७४ को तुलनामा पछिल्लो चुनावमा म्याग्दीमा वदर मतको दर कम देखिएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ८५ हजार ३७५ जना मतदाता रहेकामा ५४ हजार ६७८ अथवा ६५.०२ प्रतिशत मत खसेको थियो । खसेको मध्य ९२.४३ प्रतिशत मत सदर र ७.५७ प्रतिशत वदर भएको थियो ।

२०७४ को प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा ७५ हजार ५३७ जना मतदाता रहेकोमा ४७ हजार ४४९ मत खसेको थियो । समानुपातीकको प्रतिनिधिसभातर्फ ४० हजार ५२६ र प्रदेशसभामा ४२ हजार ६१६ मत सदर भएको थियो ।
समानुपातीकको प्रतिनिधीसभातर्फ चार हजार ६८६ (९.८७ प्रतिशत) र प्रदेशसभातर्फ छ हजार ७७५ (१४.२७ प्रतिशत) मत बदर भएको थियो । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा दुई हजार २८६ (४.८१) र दुई वटै प्रदेशसभामा एक हजार ४८३ (३.१२) प्रतिशत मत बदर भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...