म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

Gandaki Pardesh notice

बेनी, । यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान म्याग्दीमा पनि शुक्रबार देखि विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । स्थानीय तह, सामाजिक विकास कार्यालय र विभिन्न संघ संस्थाहरुले सचेतनामुलक र पैरवीका कार्यक्रम गरेर दिवस मनाउन थालेका हुन् ।

बेनी नगरपालिका र सामाजिक विकास कार्यालयको सहयोग तथा मिलन र महिला अधिकार मञ्च म्याग्दीको आयोजनामा अभियानको पहिलो दिन बेनीमा वैदेशिक रोजगार र परिवारको भूमिका विषयक अन्तरक्रिया गरिएको थियो । सो कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामीछानेले उत्पादनमा जोडिन सकेमा आर्थिक परनिर्भरता घट्ने र लैङ्गिक हिंसा घट्ने बताउनुभयो । नगरपालिकाले महिलालाई स्वरोजगार बनाउन जोड दिने कार्यक्रम ल्याएको बताउनुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शैक्षिक बेरोजगारको समस्या न्युनीकरण गर्न नीति तथा कार्यक्रम आवश्यक देखिएको बताउनुभयो । सकै स्वदेशमै स्वरोजगार र विदेश जानुपर्ने अवस्थामा सिप सिकेर दक्ष जनशक्ति तयार हुनुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अवसरका लागि पहुँच र दवाव दिनुपर्ने, रोजगारी, चेतनाको अभावन, गरिवी र अशिक्षाले विदेशिनुपर्ने बाध्यता आएको सहभागीको भनाई थियो । सरकारी वकिल कार्यालय म्याग्दीका न्याधिवत्ता धर्मराज पौडेलले वैदेशिक रोजगार र यसपाले समाजमा पारेका हिंसाजन्य प्रभाव एवं घरपरिवारको भूमिका सम्बन्धी विषयमा सहजिकरण गर्नुभएको थियो ।

मिलन म्याग्दीका अध्यक्ष कमला बानिया थापाको अध्यक्षता, कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला अधिकार मञ्चका जिल्ला अध्यक्ष निरमाया मिजारले स्वागत र उद्देश्यको बारेमा जानकारी गराउनुभएको थियो । यसैगरी शुक्रबार साँझनै जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिप प्रज्वलन गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...