जन्मदिनमा बालगृहलाई सहयोग

Add Samajik bikash office

बेनी, दुई जना व्यक्तिले शनिवार जन्मदिनको अवसरमा बेन िस्थित म्याग्दी बालगृहलाई सहयोग गरेका छन् ।

बेनी नगरपालिका–७ मंगलाघाट घर भई हाल युएईमा रहेका बिशाल किसान र बेनी नगरपालिका ५ का राजु बानियाका छोरा रियान्स बानियाको जन्मदिनको अवसरमा बालगृहलाई सहयोग गरेका हुन् ।

Bhautik ministry notice about road

बिशालका दाजु विजयले नेपाल बाल संगठनद्धारा सञ्चालित म्यागदी बालहृका प्रमुख सुजन खत्रीलाई रु. १५ हजार मूल्य बराबरको शैक्षिक तथा खाद्यान्न सामग्री उपलब्ध गराउनुभएको थियो ।

Shreekrishna hardwear in news

यसैगरी बेनीमा व्यवसाय गर्ने रियान्सका बुवा र आमाले नेपाल बाल संगठन म्याग्दीका सचिव सन्दिप खत्रीलाई करिब रु. ७ हजार मूल्य बराबरको शैक्षिक र खाद्यान्न हस्तान्तरण गर्नुभयो । बालगृहमा १२ जना अनाथ बालबालिका आश्रित छन् । जन्म दिन मनाउँदा हुने फजुल खर्च कटाएर बालगृहलाई सहयोग गरेका हुन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...