गलेश्वरमा स्त्रीरोग सम्बन्धी निःशुल्क शिविर सम्पन्न

Add Samajik bikash office

बेनी, । म्याग्दीको बेनी नगरपालिका– ९ गलेश्वरमा शुक्रवार निःशुल्क स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गलेश्वरधाम आमा समूहको आयोजना तथा बेनी अस्पताल र लिड्स नेपालको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १५० जनाले उपचार सेवा लिएको आमा समूहका सचिब निसा महतले जानकारी दिनुभयो ।
शिविरमा गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमका बृद्ध महिला र गलेश्वरका स्थानीयबासीले स्वास्थ्य परिक्षण सेवा लिनुभएको थियो । शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपमेयर ज्योति लामिछानेले आमा समुहले स्वास्थ्य शिविर आयोजना गर्नु अति नै प्रसंसनीय कार्य रहेको बताउँदै सामाज परिवर्तनमा आमाहरुको भूमिका महत्वपूर्ण रहेको सन्देश यस कार्यक्रमले दिएको बताउनुभयो ।
उहाँले महिला हिंसा विरुद्धको अभियान सञ्चालन भएको पहिलो दिनमा नै गलेश्वरधाम आमा समूहले रचनात्मक कार्य गरेको भन्दै स्त्री रोगका बारेमा नियमित रपमा स्वास्थ्य परिक्षण गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गलेश्वरधाम आमा समूहका अध्यक्ष फुलकुमारी रोकाले विभिन्न सामाजिक गतिविधिमा सक्रिय आमा समूहले ज्येष्ठ नागरिक आश्रम र गलेश्वर बजार क्षेत्रका महिलाहरुलाई लक्षित गरि शिविर सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले शिविरमा स्त्रीरोगको साथै क्यान्सर रोगको समेत परिक्षण सेवा पाउँदा स्थानीयबासी हर्षित बनेको बताउनुभयो । आमा समूहका सहसचिब नविना कार्कीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिब निसा महतले गर्नुभएको थियो । शिविरमा बेनी अस्पतालका डाक्टर सजना श्रेष्ठ, अनिता वाइबा, भारती मेहता, रामु सापकोटा लगायतको टोलीले स्वास्थ्य उपचार सेवा प्रदान गर्नु भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...