म्याग्दीमा समानुपातिक तर्फ एमालेलाई धेरै मत, काँग्रेसले साढे १३ हजार र माओवादीले नौ हजार मत पायो

Gandaki Pardesh notice

बेनी, । म्याग्दीमा समानुपातिक तर्फको मत गणना सकिएको छ । बुधबार रातीदेखि शुरु भएको समानुपातिक तर्फको प्रतिनिधि र प्रदेशसभाको मतगणना शुक्रबार साँझ सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मध्य ५० हजार ३७८ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो । प्रतिनिधिसभामा ४७ हजार ७३२ मत सदर र दुई हजार ६४६ मत वदर भएको छ ।

प्रतिनिधिसभाको समानुपातिक तर्फ म्याग्दीबाट नेकपा एमालेले १८ हजार २७३ मत पाएको छ । नेपाली काँग्रेसले १३ हजार ६९३, नेकपा (माओवादी केन्द्र)ले नौ हजार ७०, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार ५७९ मत पाएका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

राप्रपाले एक हजार २५३, मंगोल नेशनल अर्गनाइजेशनले ९१९, नेकपा एकिृत समाजवादा एकिकृत समाजवादीले २८५, हाम्रो नेपाली पार्टीले ७८, राष्ट्रिय जनमोर्चाले ८८, जनमत पार्टीले ५५ र हाम्रो नेपाली पार्टीले ७८ मत पाएका छन् ।

प्रदेशसभाको समानुपातिकतर्फ ४९ हजार ५४० मत खसेकोमा ४६ हजार ४८० मत सदर र तीन हजार ६० मत वदर भएको छ । नेकपा एमालेले १९ हजार १२९, नेपाली काँग्रेसले १५ हजार ७३३, नेकपा (माओवादी केन्द्र)ले सात हजार ४०३, राप्रपाले एक हजार १४३, नेकपा एकिकत समाजवादीले ४८४, मंगोल नेशनल अर्गनाइजेशनले एक हजार २४७, जनमोर्चाले २४९ र हाम्रो नेपाली पार्टीले ४९१ मत पाएका छन् ।

समानुपातिकसँगै म्याग्दीको सबै मतगणनाको काम सकिएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर), प्रदेशसभा क्षेत्र (१) मा माओवादीका हरि भण्डारी र क्षेत्र (२) मा माओवादीका रेशमबहादुर जुग्जाली निर्वाचित हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...