उद्योग दिवसको अवसरमा तीन उद्यमी पुरस्कृत

Gandaki Pardesh notice

बेनी । आठौ राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले तीन जना उद्यमीहरुलाई पुरस्कृत गरेको छ ।

घरेलु तथा साना उद्योगको विकास, रोजगारी सिर्जना र स्वरोजगारका लागि सन्देश दिन योगदान गरेका उद्यमीहरुलाई जनही रु. चार हजार २५० नगद सहित पुरस्कृत गरिएको कार्यालयले जनाएको छ ।

पुरस्कृत हुनेहरुमा बेनपा–७ मंगलाघाटको बेलढुङ्गा स्वर्गाश्रम ब्याग निर्माण तथा प्रशिक्षण केन्द्रका सञ्चालक कुमारी थापामगर, बेनपा–५ को द फेमिली कृषि तथा पशुपंक्षी फार्मका सुनिल बानिया र बेनपा ७ मंगलाघाटको जालपा चाउमिन एण्ड फ्रुड प्रोडक्सनका रेशम बहादुर बानिया रहनुभएको छ ।

Shreekrishna hardwear in news

उद्यमीहरुलाई जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापामगर, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्मा र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले नगद, प्रमाणपत्र वितरणका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

Bhautik ministry notice about road

जिसस प्रमुख थापाले स्थानीय स्रोत साधनको परिचालन गरेर रोजगार सिर्जना र आयात घटाउन भूगोल अनुकुल नीति आवश्यक रहेको बताउनुभयो । अव्यवहारिक निति संसोधन गर्नुपर्ने सांसद थापाको भनाई थियो ।

पुरस्कृत उद्यमी सुनिल वानिया र म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिका सपभाति राधिका सापकोटाले पुरस्कारले उद्यमीहरुलाई हौसला मिलेको बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले उत्पादनको साथसाथै बजारीकरणमा सरकारले सघाउनुपर्ने बताउनुभयो । पुरस्कार वितरण कार्यक्रमको सञ्चालन पर्यटन तथा उद्योग कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...