एमाले म्याग्दीले मतदातालाई धन्यवाद र विजयीलाई बधाई दियो

Sinchai Khanipani notice

बेनी । नेकपा एमाले म्याग्दीले प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचित पाँच दलीय गठबन्धनका उमेद्वारहरुलाई बिहिबार बधाई दिएको छ ।

एमाले म्याग्दीका निर्वाचन परिचालन कमिटिका संयोजक तथा उपाध्यक्ष बालकृष्ण सुवेदीले विज्ञप्ति जारी गरेर मतदातालाई धन्यवाद र विजयी उमेद्वारलाई बधाई ज्ञापन गर्नुभएको हो ।

नेकपा एमालेका उमेद्वारलाई पराजित गर्दै गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका खम्बिर गर्बुजा, प्रदेश १ मा माओवादीका हरि बहादुर भण्डारी र प्रदेश २ मा माओवादीका रेशमबहादुर जुग्जाली निर्वाचित हुनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सुवेदीले विजयी उमेद्वारहरुलाई बधाई ज्ञापन गर्दै जिल्लाको विकास र सम्बृद्धीको निम्ति आगामी दिनमा आवश्यक सहकार्य र स्वच्छ राजनीतिक प्रतिस्पर्धाका लागि एमाले म्याग्दी सदैब तयार रहेको जानकारी गराउनुभएको छ ।

साथै उहाँले निर्वाचनमा खट्ने नेता कार्यकर्ता र मतदातालाई आभार व्यक्त गर्दै परिणामबाट निराश नहुन र पार्टी संगठन निर्माणमा क्रियाशिल हुन आग्रह गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...