म्याग्दीमा समानुपातिक मतगणना जारी

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा शुक्रबार बिहान ६ः४५ बजेसम्म समानुपातिक तर्फको ३८ हजार ८९७ मत गणना भएको छ । बुधबार रातीदेखि जारी मतगणनाका क्रममा प्रतिनिधिसभाको ३६ हजार ९७९ मत सदर र एक हजार ९१८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा नेकपा एमालेले १३ हजार ८२६, नेपाली काँग्रेसले १० हजार ३०९, नेकपा (माओवादी केन्द्र)ले सात हजार ३१३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार १२४, राप्रपाले एक हजार २९, मंगोल नेशनल अर्गनाइजेशनले ६८२, नेकपा एकिृत समाजवादीले २०९, हाम्रो नेपाली पार्टीले ५७, राष्ट्रिय जनमोर्चाले ६३, जनमत पार्टीले ४२ र हाम्रो नेपाली पार्टीले ५७ मत पाएका छन् ।

Bhautik ministry notice about road

प्रदेशसभाको समानुपातिकतर्फ शुक्रबार बिहान सम्म ३८ हजार ३२८ मतगणना भएको छ । ३५ हजार ८९६ मत सदर र दुई हजार ४३२ मत वदर भएको छ । नेकपा एमालेले १४ हजार २१३, नेपाली काँग्रेसले १२ हजार ६९८, नेकपा माओवादी केन्द्रले पाँच हजार ६८५, राप्रपाले ९६४, नेकपा एकिकत समाजवादीले ४४४ र जनमोर्चाले २१४ मत पाएका छन् ।

Shreekrishna hardwear in news

आइतबार भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मध्य ५० हजार ६२५ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो । बुधबार राती प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभाको मतगणना सकिएपछि समानुपातिक मतगणना शुरु भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...