३८ वर्षीय युवा हरि भण्डारी सांसद बने

Gandaki Pardesh notice

बेनी। नेकपा (माओवादी) केन्द्रका हरिबहादुर भण्डारी म्याग्दीको प्रदेशसभा क्षेत्र (१) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

३८ वर्षीय भण्डारीले ९७५ मतान्तरले नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका देबेन्द्रबहादुर कटुवाललाई पराजित गर्दै गण्डकी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।

भण्डारीले १२ हजार ७४० र कटुवालले ११ हजार ७६५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । म्याग्दीको प्रदेश (क) मा ४८ हजार ४७२ मतदाता रहेकोमा आइतबार भएको निर्वाचनमा २८ हजार ८९७ मत खसेको थियो । राप्रपाका प्रविन शाहीले दुई हजार ४९, मंगोल नेशनल अर्गनाइजेशनका दिपक पुनले एक हजार ७३ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दूध गिरीले १२२ मत प्राप्त गर्नुभयो ।

Shreekrishna hardwear in news

वि.स. २०७४ को स्थानीय तह चुनावमा रघुगंगा गाउँपालिका उपाध्यक्षमा पराजित भएका भण्डारीलाई नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी र जनमोर्चाले सर्मथन गरेका थिए ।
रघुगंगा गाउँपालिका–२ का ३८ वर्षीय भण्डारी नेकपा माओवादी केन्द्रको जिल्ला सदस्य तथा रघुगंगा गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।

Bhautik ministry notice about road

यो क्षेत्रमा २०७४ को चुनावमा नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित हुनुभएको थियो । भण्डारी र उहाँका प्रतिस्पर्धी कटुवाल रघुगंगा गाउँपालिका–२ भगवतिका हुनुहुन्छ । नाताले कटुवाल मामा र भण्डारी भान्जा पर्नुहुन्छ । कटुवालकी आमा र भण्डारीकी हजुरआमा (आमाकी आमा) दिदिबहिनी हुनुहुन्छ ।

वि.स. २०५६ मा भगवति गाविसको अध्यक्ष, २०७४ मा जिल्ला समन्वय समितिको प्रमुख, भूमि आयोगको पुर्व अध्यक्ष रहेका ५८ वर्षीय कटुवाल एमालेको जिल्ला उपाध्यक्ष हुदै पछिल्लो सम्मेलनबाट अध्यक्ष चयन हुनुभएको थियो । लामो राजनीतिक पृष्ठभूमि बोकेका कटुवाल र युवा उमेद्वार भण्डारीको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको थियो ।

निर्वाचित भएपछि भण्डारीले मतदातालाई धन्यवाद दिनुभयो । उहाँले चुनाव प्रचारका गरेका प्रतिवद्धता कार्यान्वयन गर्ने दोहो¥याउनुभयो । चुनाव प्रचारका क्रममा भण्डारीले गाउँलाई सहर र युवालाई रोजगारको मुद्दालाई प्राथमिकता दिनुभयो थियो ।

‘म सबैको साझा जनप्रतिनिधि भएर नीति निर्माण तहमा म्याग्देली तथा युवाको आवाज प्रतिनिधित्व गर्नेछु,’ उहाँले भन्नुभयो ‘नीतिगत सुधारका साथै म्याग्दीको विकासलाई नयाँ गतिमा अघि बढाउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्छु । सबै पक्षसँग समन्वय गरेर अघि बढ्न साथ, सल्लाह सुझावको अपेक्षा गरेको छु ।’

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...