संसद छिर्ने खम्बिरको तेस्रो प्रयास सफल

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाको संसद छिर्ने तेस्रो पटकको प्रयास सफल भएको छ ।

यसअघिको दुई वटा चुनावमा हार ब्यहोरेका गर्बुजालाई यसपटकको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सघाएका थिए ।

प्रतिनिधिसभा सहित म्याग्दीका तीन वटै क्षेत्रमा गठबन्धनका उमेद्वार विजयी भएका छन् । प्रदेशसभाको क्षेत्र (१) मा माओवादीका हरिबहादुर भण्डारी र क्षेत्र (२) मा माओवादीका रेशमबहादुर जुग्जाली निर्वाचित हुनुभएको छ ।

Shreekrishna hardwear in news

खम्बिरको जितसँगै २३ वर्ष पछि देशमा नीति निर्माण र सुशासन कायम गराउने थलो संसदमा म्याग्दी कांग्रेसको प्रतिनिधित्व हुने भएको छ । २०५६ साल पछि अहिले म्याग्दीमा काँग्रेसले चुनाव जितेको हो । २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट नेपाली सेनाका सेवा निवृत्त कर्नेल स्व.नारायणसिं पुन विजयी भएका थिए ।

गर्वुजा यस अघि ०७० को संविधानसभाको दोस्रो चुनावमा नेकपा एमालेका नवराज शर्मा र ०७४ मा एमालेकै भुपेन्द्रबहादुर थापासँग पराजित हुनुभएको थियो । ०६४ सालमा समानुपातिक तर्फ नाम शिफारिस भएपनि निर्वाचित हुनुभएन् ।

Bhautik ministry notice about road

आइतवार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक–वाम गठवन्धनको तर्फदेखि उम्मेदवार बनेका गर्बुजाले तेस्रो प्रयासमा फराकिलो मतान्तरले विजय हाँसिल गर्नुभएको हो । गर्बुजाले २४ हजार २१ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्धन्दी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत पाउनुभयो । एमालेका श्रेष्ठले भन्दा ३ हजार ८३२ मत बढी ल्याएर काँग्रेसका गर्बुजा निर्वाचित हुनुभएको हो ।

जिल्लाभरी ८६ हजार १२० मतदाता रहेकोमा ५० हजार ६२५ मत खसेको थियो । गर्बुजाले यो आफ्नो, काँग्रेस र गठबन्धनको मात्रै नभएर समग्र म्याग्दीवासीको जीत भएको प्रतिक्रिया दिनुभयो । ‘म जनताको शासक होइन सेवक भएर काम गर्ने छु, मेरो बुद्धी, वर्गत र सामथ्र्यले भ्याएसम्म म्याग्दीलाई विकासको मीठो फल चखाउने प्रयास गर्ने छु,’ उहाँले भन्नुभयो ‘कतै म अल्मलिएँ वा लर्वरिएँ भने मलाई सचेत बनाउनुहोला ।’

हँसिलो स्वभावका गर्बुजाले बेलायती सेनाबाट अवकाश लिई २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध हुनुभएको थियो । गर्बुजाको जन्म २०२२ सालमा रघुगंगा गाउँपालिकाको वडा नं ४ मा पर्ने दग्नाम गाउँमा भएको थियो ।

बुबा चकबीर गर्बुजा र आमा कृष्णकुमारी गर्बुजाको कोखबाट जन्मिएका खम्बीर गर्बुजा २०५६ को पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नारायणसिंह पुनलाई जिताउन अहोरात्र खटेर म्याग्देली जनहरुको मन जित्न सफल हुनुभएको थियो ।

गर्बुजा २०६७ सालमा सम्पन्न नेपाली कांग्रेस म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापति र २०७२ सालमा सम्पन्न छैठौं जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको थियो ।
¬¬

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...