म्याग्दीमा कसरी सफल भयो गठबन्धन ?

Gandaki Pardesh notice


बेनी, प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेलका लागि सत्तारुढ दलहरुको केन्द्रिय तहको कार्यदलले म्याग्दीको प्रतिनिधिसभा नेकपा (माओवादी) केन्द्र र प्रदेशको दुई वटै क्षेत्रमा नेपाली काँग्रेसको उमेद्वार बनाउने सहमती गरेका थिए ।

असोज २१ गते केन्द्रिय स्तरमा भएको यो सहमतीलाई असोज २३ गते बिहान नेपाली काँग्रेस र माओवादी केन्द्रका जिल्ला स्तरका नेताहरुको बैठकले पुर्नविचार गर्न गठबन्धनको सिट बाँडफाडको लागि बनेको केन्द्रिय कार्यदललाई सिफारिस ग¥यो ।

काँग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीका जिल्ला स्तरका नेताहरुले प्रतिनिधिसभामा नेपाली काँग्रेस र प्रदेशसभाको २ वटै क्षेत्रमा माओवादीका उमेद्वार बनाउने सहमतिलाई केन्द्रिय कार्यदलले स्विकृत ग¥यो । प्रतिनिधिसभामा गठबन्धनबाट टिकट पाइसकेका माओवादीका गोविन्द पौडेल सहमतिको बाधक बन्नुभएन । नेता कार्यकर्ता काँग्रेसले प्रतिनिधिसभा र माओवादीले प्रदेशसभामा चुनाव लडुन भन्ने चाहेका थिए ।

Shreekrishna hardwear in news

जिल्ला स्तरमा बनेको सहमतिनै एमालेले प्रभाव क्षेत्र मान्दै आएको म्याग्दीमा गठबन्धनको जितको आधार भएको पौडेल बताउनुहुन्छ । ‘केन्द्रमा जे जस्तो सहमति बनेपनि यहाँका नेता कार्यकर्ताको भावना र अवस्था बुझेर एक किसिमको जोखिम मोलेर टिकट साटफेर गरिएको थियो,’ माओवादीका केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज पौडेलले भन्नुभयो ‘टिकट पाउनु भन्दा ठुलो कुरा जित निकाल्नु थियो । यो नै गठबन्धनको सफलता हो ।’

आइतबार भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीका तीन वटै क्षेत्रमा गठबन्धनका उमेद्वार विजयी भएका छन् । देशका धेरै निर्वाचन क्षेत्रमा एक अर्कामा मत स्थानान्तरण नहुदाँ गठबन्धनभित्रको विश्वास र प्रभावकारीतामा प्रश्न उठिरहेको छ । म्याग्दीको गठबन्धन देशमै नमुना र प्रभावकारी बनेको निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका नेपाली काँग्रेस म्याग्दीका उपसभापति केवी भण्डारीले बताउनुभयो ।

‘हामी नेताहरुको भन्दा पनि कार्यकर्ताको भावना र चाहनाले गठबन्धन गरिएकाले तालमेलमा सफलता मिलेको हो,’ उहाँले भन्नुभयो ‘गठबन्धनमा आवद्ध मुख्य दल काँग्रेस र माओवादीका नेता कार्यकर्ताको सहकार्य प्रभावकारी र इमान्दारीतानै एमालेको बलियो प्रभाव क्षेत्र म्याग्दीमा गठबन्धनको जितको कारण बन्यो ।’

Bhautik ministry notice about road

नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका उमेद्वार खमबहादुर गबुर्जा खम्बिरले २४ हजार २१ मत ल्याएर बिजयी हुदा माओवादीका प्रदेशसभाका उमेद्वारहरुले दुई वटा निर्वाचन क्षेत्रमा २१ हजार ४६२ मत पाएका छन् । प्रदेश क्षेत्र (१)मा हरिबहादुर भण्डारीले १२ हजार ७४० र क्षेत्र (२) मा रेशमबहादुर जुग्जालीले ८ हजार ७२३ मत पाएर विजयी हुनुभयो । समग्रमा काँग्रेसका उमेद्वार गर्बुजाले पाएको ८९.३४ प्रतिशत मत प्रदेशसभामा माओवादीका उमेद्वारले पाएको देखिन्छ ।

नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य किरन सापकोटा एमालेका उमेद्वारले सैद्धान्तिक र लोकप्रिय मत पाएपनि गठबन्धनबाट अपेक्षाकृत मत क्रस गराउन नसकिएको बताउनुभयो । ‘गठबन्धनमा असन्तुष्ट मत अपेक्षाकृत हिसाबले एमालेमा क्रस हुन पाएन,’ उहाँ भन्नुहुन्छ ‘म्याग्दीमा गठबन्धनभित्र अन्य ठाउँको तुलनामा इमान्दारीता देखियो । हाम्रा उमेद्वारले पाएको मत सैद्धान्तिक, व्यक्तिगत र केही लोकप्रिय पनि हो ।’

म्याग्दीमा वि.स. २०४७ पछि २०५६ र २०६४ बाहेकको चुनाव जितेको एमालेले गत स्थानीय तह निर्वाचनमा जिल्लाका छ वटा स्थानीय तह मध्य ४ वटामा प्रमुख, तीन वटामा उपप्रमुख सहित २२ वडामा जितेको थियो । २०५६ मा काँग्रेसका नारायणसिंह पुन र २०६४ मा माओवादीका गोविन्द पौडेलले चुनाव जित्नुभएको थियो ।

२०७० को दोस्रो संविधानसभा र २०७४ को चुनावमा हार ब्यहोरेका काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा प्रति मतदाताहरुमा एक किसिमको सहानुभूति थियो । बेलायती सेनाबाट सेवानिवृत्त गबुर्जा जिल्लामा बाहुल्य बसोबास रहेको मगर समुदायको हुनु र हारबाट बिचलित नभई राजनीतिमा निरन्तरता दिनुले सहानुभुति बटुल्न सहज भयो ।

एमालेबाट पछिल्लो दुई पटक निरन्तर चुनाव जितेका र मन्त्रि समेत भएका नेताहरुले पदमा रहँदा जिल्लाको विकास निर्माणको क्षेत्रमा अन्य जिल्लाको तुलनामा भौगोलिक सन्तुलन मिलाएर बजेट तथा योजना भित्र्याउन र अपेक्षाकृत भूमिका निर्वाह गर्न नसक्नुपनि गठबन्धनलाई आरोप लगाउने र मतदाता आकर्षित गर्ने मुद्दा बन्यो ।

दुई कार्यकाल पार्टीको जिल्ला कमिटिको नेतृत्व गरेका, शालिन व्यक्तित्व भएका र अवसर नपाएका हरिकृष्ण श्रेष्ठलाई सर्वसम्मत उमेद्वार सिफारिस गरेको एमालेले जातीय र भेगिए सन्तुलन मिलाएर प्रदेशका उमेद्वार बनाउनु र पार्टी कमिटिलाई एकतावद्ध बनाएर कार्यकर्ताको व्यवस्थित परिचालन गर्नु गठबन्धनका लागि चुनौति थियो । म्याग्दीमा बलीयो संगठन भएको एमालेका प्रदेशसभाका पाका उमेद्वारहरुसँग गठबन्धनबाट माओवादीले युवा उमेद्वारलाई अघि सारेर स्वतन्त्र मत तान्ने रणनीति लियो ।

गठबन्धनमा आवद्ध दलहरुले आफ्ना नेता कार्यकर्ताहरुबीच विगतको हारको पिडा सम्झेर, भावनात्मक एकता, सहकार्य र इमान्दारीता कायम गराउन सक्नुनै जितको आधार बन्यो । अन्तरबिरोध र असन्तुष्टिमा खेलेर गठबन्धनको मत तान्ने एमालेको रणनीतिलाई गठबन्धनका नेताहरु महिनौ सम्म वडा तहमा खटिएर सफल हुन दिएनन् ।
प्रदेशसभाको टिकटका दावेदार नेत्रबहादुर महतले प्रदेश क्षेत्र (१) मा स्वतन्त्र उमेद्वारी दिएपनि पछि फिर्ता गराएका थिए । चुनाव प्रचारका लागि सभा भन्दा पनि घरदैलो र गठबन्धनका दलका नेता कार्यकर्ताबीच तित्तता मेटाउदै विश्वास कायम गरेर चुनावमा सहकार्यको वातावरण सिर्जना गरानुनै जितको आधार बनेको संविधान सभा सदस्य समेत रहेका काँग्रेसका नेता रेशमबहादुर बानियाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...