म्याग्दीमा समानुपातिक तर्फ २४ हजार मत गणना गर्दा कस्ले कति मत पाए ?

Add Samajik bikash office

बेनी । म्याग्दीमा बिहिबार साँझ ८.३५ बजेसम्म समानुपातिक तर्फको २४ हजार ८८३ मत गणना भएको छ । बुधबार रातीदेखि जारी मतगणनाका क्रममा प्रतिनिधिसभाको २३ हजार ६८१ मत सदर र एक हजार २०२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

प्रतिनिधिसभामा नेकपा एमालेले ८ हजार ६६२, नेपाली काँग्रेसले छ हजार ५५२, नेकपा (माओवादी केन्द्र)ले चार हजार ४४५, राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार २८०, राप्रपाले ७३२, नेकपा एकिृत समाजवादीले १२२, हाम्रो नेपाली पार्टीले २७, राष्ट्रिय जनमोर्चाले ३५, जनमत पार्टीले २७ र हाम्रो नेपाली पार्टीले २७ मत पाएका छन् ।

प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमालेले आठ हजार ६०३, नेपाली काँग्रेसले आठ हजार ४९४, नेकपा माओवादी केन्द्रले तीन हजार ६७३, राप्रपाले ८३७, नेकपा एकिकत समाजवादीले ३२२ र जनमोर्चाले १४६ मत पाएका छन् । प्रदेशसभाको समानुपातिकतर्फ २४ हजार ६७२ मत गणना हुँदा २३ हजार ११७ मत सदर र एक हजार ५५५ मत वदर भएको छ ।
आइतबार भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मध्य ५० हजार ६२५ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो । बुधबार राती प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभाको मतगणना सकिएपछि समानुपातिक मतगणना शुरु भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...