म्याग्दीका नवनिर्वाचित सांसदहरुले भने ‘अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्छौ’

khali

बेनी । म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यहरुले जिल्लाका अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्ने बताउनुभएको छ ।

पाँच दलीय गठबन्धनले बेनीमा बिहिबार आयोजना गरेको बिजय ¥याली पश्चातको सभालाई सम्बोधन गर्दै उनिहरुले भोट माग्ने क्रममा गरेको वाचा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्विर) ले जिल्लामा रोकिएका विकास र निर्माणका योजनाहरुलाई ६ महिनाभित्र सुचारु गराउने बताउनुभयो ।

Shreekrishna hardwear in news

‘म्याग्दीमा विकास निर्माणका काम अलपत्र छन् । ठेकेदार साथीहरुलाई लुकाएर राखेका छन्,’ उहाँले भन्नुभयो ‘अबको छ महिनाभित्र यी अलपत्र योजनालाई तिब्रताका साथ कार्यान्वयन हुने वातावरण बनाउछौ ।’

युवाहरुको बेरोजगारको समस्या समाधानका लागि बिषेश योजना बनाउने र नीतिगत रुपमा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । विकासका नयाँ योजना र रोजगारीका अवसरहरु सृजना गर्ने वचनवद्धता व्यक्त गर्नुभयो । उहाँले अब जिल्लाले विकास निर्माणको क्षेत्रमा फड्को मार्ने दावी गर्नुभयो ।

प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रेशम बहादुर जुग्जालीले सम्बृद्ध, सुन्दर र विकसित म्याग्दी बनाउन प्रतिस्पर्धी दलका नेताहरुलाई समेत सहकार्यको वातावरण बनाउन आव्हान गर्नुभयो ।

‘म्याग्दीका जनताको विश्वास र आशालाई हामीले मर्न दिने छैनौ,’ उहाँले भन्नुभयो ‘संसदमा म्याग्देली जनताको समस्या उठान गरि समाधानको पहल गर्नुका साथै र जनताको अपेक्षा पुरा गरेरै छाड्छौ ।’ पाँच वर्षभित्रमा हामी भन्दा अगाडीका जनप्रतिनिधिले गर्नुभएको भन्दा धेरै र फरक किसिमको काम गरेर विकास र परिवर्तनको अनुभूति दिलाउने प्रतिवद्धता जनाउनुभयो ।

प्रदेशसभा क्षेत्र (१) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारीले म्याग्दी जिल्लाको विकासको सम्वाहक बन्ने र परिवर्तनको दियो बालेर गाउँ वस्तीमा आउने बताउनुभयो । ‘म्याग्दीको पूर्वाधार, सामाजिक र आर्थिक क्षेत्रमा परिवर्तन ल्याउन हामीले प्राथमिकता दिन्छौ,’ उहाँले भन्नुभयो ‘म्याग्दीमा विकासको सम्वाहक, जनताको दुखमा सेवक र सुखमा साथी बनेर आउनेछु ।’

khali

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज गोविन्द पौडेल, नेपाली काँग्रेसका नेता रेशमबहादुर बानिया, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा र जनमोर्चाका छवी विश्वकर्माले संविधानको रक्षा र कार्यान्वयनका साथै म्याग्देली जनताको विकासको भोक मेटाउने गरी काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो ।

विजयी उमेद्वार र गठबन्धनमा आवद्ध दलका नेताहरुले मतदाताहरुलाई धन्यवाद दिनुभयो । म्याग्दीमा गठबन्धन कार्यान्वयनमा प्रभावकारी र इमान्दारीता देखिएको भन्दै नेता, कार्यकर्ता र मतदाताको प्रशंसा गर्नुभएको थियो । जनप्रतिनिधिहरुलाई खबरदारी र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

खुल्ला मञ्चमा सभा अघि पाँच दलीय गठवन्धनले बेनी बजारमा बाजागाजा सहित विशाल विजय ¥याली निकालेको थियो । मतदाताहरुले विजयी उम्मेदवारहरुलाई भव्य सम्मान सहित बधाई ज्ञापन गरेका थिए ।

चुनावी तालमेल गरेर विजय हाँसिल गरेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा बिजयउत्सवको आयोजना गरेका थिए । जिल्ला प्रशासन कार्यालय अगाडीको विरेन्द्रचोकबाट शुरु भएको ¥याली बेनी बजारको सबै टोल घुमेर खुल्ला मञ्चमा पुगेर सभामा परिणत भएको थियो ।

गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केवी)ले गत चुनावले म्याग्दीको राजनीतिक मात्र नभएर जनताको अवस्था र विकासमा परिवर्तन ल्याउने जनमत प्रकट गरेको बताउनुभयो । नेपाली काँग्रेस म्याग्दीका सचिव भरतबहादुर रकालले म्याग्दीमा काँग्रेसले २३ वर्षपछि प्रतिनिधिसभा जितेकोमा नेता कार्यकर्ताहरुमा खुसीयाली छाएको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...