![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
बेनी, म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) निर्वाचित हुनुभएको छ ।
नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । वाम लोकतान्त्रिक गठबन्धनबाट उमेद्वार बनेका जुग्जालीका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर जुग्जालीले नौ हजार ३५३ मत पाएका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताउनुभयो ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
१०१ मतान्तरले जुग्जाली विजयी हुनुभएको हो । ३७ हजार ६४८ जना मतदाता रहेको प्रदेशसभा क्षेत्र (ख)मा आइतबार भएको निर्वाचनमा २१ हजार सात मत खसेको थियो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक हुनुहुन्छ ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
मालिका गाउँपालिका–७ का जुग्जाली २०५७ देखि माओवादीमा आवद्ध हुनुहुन्छ । वि.स. २०७४ मा मालिका ७ को वडा अध्यक्षमा निर्वाचित जुग्जाली गत बैशाखको स्थानीय तह चुनावमा सोही पालिकाको अध्यक्षमा पराजित हुनुभएको थियो । जुग्जालीलाई सत्तारुढ नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सर्मथन गरेका थिए ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)