एकै वडाको १०४ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि बिवाद

Gandaki Pardesh notice

बेनी । हस्ताक्षर नभएको मतपत्र भेटिएपछि म्याग्दीमा प्रतिनिधिसभा सदस्यको मतगणनामा बिवाद भएको छ ।

मंगलबार बिहान ९ बजेदेखि रोकिएको मतगणना दिउँसो ११ बजेसम्म शुरु हुनु सकेको छैन् । मालिका गाउँपालिका–५ देविस्थानका तीन वटा मतदान केन्द्रको मतगन्ने क्रममा प्रत्यक्षतर्फको १०४ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएको छ ।

Bhautik ministry notice about road

दलका प्रतिनिधिहरुले ठूलो संख्यामा मतपत्रमा हस्ताक्षर नभएको विषयलाई छानविन र कारबाहीको माग गरेका छन् । नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका उमेद्वार खमबहादुर गर्बुजा (खम्बिर)ले नियत, गम्भिर त्रुटी र लापरबाही भएको हुँदा छानविन गर्नुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले मतपत्रमा देखिएको समस्याको बारेमा निर्वाचन आयोगमा जानकारी गराएको र सर्वपक्षीय बैठक बसेर छलफल मार्फत मतगणनालाई अघि बढाउने प्रयास गरिएको बताउनुभयो । सो वडाका तीन वटा मतदान केन्द्रमा आइतबार भएको मतदानमा एक हजार ४४८ मत खसेको थियो ।

म्याग्दीको हालसम्मको नतिजा अनुसार प्रतिनिधि र प्रदेशसभा क्षेत्र (ख)मा वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारले अग्रता लिएका छन् । प्रतिनिधिसभामा धवलागिरीका सात र मालिकाको ४ वटा वडाको मतगणना सकिदाँसम्म प्रतिनिधिसभा सदस्यमा काँग्रेसका खम्बिर गर्बुजाले चार हजार ७१८ र एमालेका हरिकृष्ण श्रेष्ठले चार हजार १३२ मत पाउनुभएको छ । प्रदेशसभाको मतगणना भने जारी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...