मुस्ताङको प्रदेशसभा क्षेत्र क र ख मा काँग्रेस बिजयी

Gandaki Pardesh notice

जोमसोम । मुस्ताङको प्रदेशसभा क्षेत्र (ख) मा नेपाली काँग्रेसका विकल शेरचन निर्वाचन हुनुभएको छ ।

जोमसोम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार साँझ सम्पन्न मतगणना अनुसार शेरचनले दुई हजार ७२३ मत ल्याएर बिजयी हुनुभएको हो ।

शेरचनका प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रमोहन गौचनले दुई हजार ५६५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गौचनलाई शेरचनले १५८ मतान्तरले पराजित गर्नुभएको हो ।

Shreekrishna hardwear in news

गौचन यसअघि एमालेको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । मुस्ताङको प्रदेश (ख) मा पाँच हजार ४०१ मत खसेकोमा ५५ मत बदर भएको छ । एमालेका केन्द्रिय सदस्य रहेका गौचनलाई पराजित गरेर प्रदेशसभामा निर्वाचित शेरचन नेपाली काँग्रेस मुस्ताङका सचिव हुनुहुन्छ ।

Bhautik ministry notice about road

प्रदेशसभा सदस्यमा निर्वाचित शेरचन ३९ वर्षका हुनुहुन्छ । एमालेका उमेद्वार गौचन ५५ वर्षका हुनुहुन्छ । प्रदेश( २)मा ५४०१ मतगणना हुँदा ५५ मत बदर भएको छ । मुस्ताङको प्रतिनिधिसभा सदस्यमा काँग्रेसका २९ वर्षीय योगेश गौचन थकाली र प्रदेशसभा क्षेत्र (क) मा ३३ वर्षीय नम्डु गुरुङ निर्वाचित हुनुभएको छ ।

गुरुङले एक हजार ४८ र उहाँका प्रतिस्पर्धी नेकपा एमालेका ईन्द्रधारा बिष्टले ७९३ मत प्राप्त गर्नुभएको छ । बिष्ट एमालेबाट गत निर्वाचनमो सोही क्षेत्रबाट प्रदेश सांसद निर्वाचित हुनुभएको थियो । गुरुङले विष्टलाई २५५ मतान्तरले पराजित गर्नुभएको हो ।

निवर्तमान सांसद रहेका नेकपा एमालेका केन्द्रिय सदस्य प्रेमप्रसाद तुलाचनलाई ९१४ मतान्तरले पछि पार्दै गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत इश्वर पराजुलीले गौचनले तीन हजार ९९२ र एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र र राप्रपाका प्रविणकुमार शेरचनले १३ मत प्राप्त गर्नुभएको छ । आइतबार भएको चुनावमा मुस्ताङमा दश हजार ९५७ मतदाता मध्य सात हजार २३० अर्थात ६५.९८ प्रतिशत मत खसेको थियो । मुस्ताङको तीन वटै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । २०७४ मा यहाँका तीन वटै क्षेत्रमा एमालेले जितेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...