मुस्ताङमा काँग्रेसका योगेश बिजयी

Sinchai Khanipani notice


जोमसोम, मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ ।

निवर्तमान सांसद रहेका नेकपा एमालेका केन्द्रिय सदस्य प्रेमप्रसाद तुलाचनलाई ९१४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन सांसद निर्वाचित हुनुभएको हो ।

Bhautik ministry notice about road

मुख्य निर्वाचन अधिकृत इश्वर पराजुलीले गौचनले तीन हजार ९९२ र एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र र राप्रपाका प्रविणकुमार शेरचनले १३ मत प्राप्त गर्नुभएको छ ।

Shreekrishna hardwear in news

आइतबार भएको चुनावमा मुस्ताङमा दश हजार ९५७ मतदाता मध्य सात हजार २३० अर्थात ६५.९८ प्रतिशत मत खसेको थियो । योगेश सम्भवत कान्छो प्रतिनिधिसभा सदस्य बन्नुहुनेछ् । गौचन मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...