म्याग्दीको शिख मावि मतदान केन्द्रमा साढे दुई घण्टा ढिलागरी मतदान सकियो

Sinchai Khanipani notice

म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ को शिख मावि मतदान केन्द्रमा आइतबार साँझ ७ः३० मा मतदान सकिएको छ ।

शिख माविको (क) मतदान केन्द्रमा समानुपातिकतर्फ प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको वाकसमा र प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको बाकसमा परेपछि दिउँसो १२ बजेदेखि ४ः३० सम्म मतदान स्थगित भएको थियो ।

दलका प्रतिनिधिहरुबीच सो दुईवटा बाकसलाई यथावत, नयाँ बाकस राखी, मतदान केन्द्रमा उपस्थित मतदातालाई मतदानमा सहभागि गराउने सहमति जुटेपछि साढे चार घण्टापछि मतदान सूचारु भएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपाल, प्रजिअ चिरञ्जिवी राना लगायत सुरक्षा अधिकारीहरु मतदान स्थलमा पुगेका थिए । एक हजार ३९७ जना मतदाता रहेको शिख माविको दुई वटा मतदान केन्द्रमा ६५२ मत खसेको सहायक निर्वाचन अधिकारी तेजनारायण पौडेलले बताउनुभयो ।

(क) मा ३२८ र (ख)मा ३२४ मत खसेको छ । शिखसँगै म्याग्दीका सबै १२० वटै मतदान केन्द्रमा मतदान सकिएको र मतपेटिका बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संकलन भइरहेको छ । कुल ८६ हजार जना मतदाता रहेको म्याग्दीमा करिब ५० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिनिधिमा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १९ जना उमेद्वार छन् । आइतबार दिउँसोसम्म सबै मतदान केन्द्रको मतपेटिका बेनीमा संकलन हुने र त्यसपछि मतगणना गरिने मुख्य निर्वाचन अधिकृत नेपालले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...