म्याग्दीमा सबै मतदान केन्द्रमा मतदान शुरु

Add Samajik bikash office

म्याग्दी, । प्रतिनिधि तथा प्रदेशसभा सदस्य चयनका लागि म्याग्दीमा पनि आइतबार बिहानदेखि मतदान शुरु भएको छ ।

बिहान ७ बजेदेखि म्याग्दीका छ वटा स्थानीय तह र ४५ वटा वडाका ८२ स्थानमा रहेका १२० मतदान केन्द्रमा मतदान शुरु भएको हो । म्याग्दीका जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जिल्लाका सबै केन्द्रमा मतदान शुरु भएको जानकारी दिनुभयो ।

प्रतिनिधीसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् । ८६३ जना अस्थायी मतदाताका लागि जिल्ला कारागार शाखामा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।

Shreekrishna hardwear in news

स्थायी मतदाताको संख्या ८६ हजार जना छ । चुनावलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगले अपिल गरेको छ । साँझ ५ बजेसम्म मतदान गर्न पाइनेछ । मतदाता परिचयपत्र र निर्वाचन आयोगले तोकेको कागजात लिएर मतदान केन्द्रमा जानुपर्नेछ ।

Bhautik ministry notice about road

चुनावी सुरक्षाका लागि जनपद, शसस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी परिचालन भएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...