मतदानका लागि तीन दिन समय छुट्टाउनुपर्ने बाध्यता हट्यो

Gandaki Pardesh notice

बेनी। गाउँमै मतदान केन्द्र स्थापना भएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने सिमकोस र बगर गाउँका बासिन्दा मतदानका लागि तीन दिन समय छुट्टाउनुपर्ने बाध्यता हटेको छ ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने गरेको थियो । यसपाली बगरको कैलाश आधारभूत विद्यालयमा नयाँ मतदान केन्द्र स्थापना भएको छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचन अघिका चुनावमा मतदानका लागि तीन दिनको समय व्यवस्थापन गर्नुपर्ने बाध्यता थियो । गाउँमै मतदान केन्द्र स्थापना भएपछि समयको बचत र सहज भएको स्थानीयबासी चित्रबहादुर तिलिजाले बताउनुभयो ।

Shreekrishna hardwear in news

“मतदान हुनुको अघिल्लो दिन गाउँबाट हिडेर नाउरामा पुग्ने उनिहरु भोलीपल्ट मतदान केन्द्रमा पुगेर मतदान गरी फर्किएर त्यही बाँस बस्नुपर्ने र हिडेको तेस्रो दिन मात्र घर पुग्ने गरेका थियौ,” उहाँले भन्नुभयो “यसपाली गाउँमै केन्द्र भएपछि सहज भएको छ । गाउँले खुसी भएका छन् ।”

Bhautik ministry notice about road

धौलागिरी हिमालको आधार शिविर जाने अन्तिम मानव बस्ती बगर र सिमकोश गाउँमा ५० घरधुरीको बसोबास छ । साविक मुदी गाविसको वडा नम्बर ९ मा पर्ने सिमकोश बगरका बासिन्दाको मतदान केन्द्र यसअघि मुदीको बुद्धीविकास मावि थियो ।

त्यहाँ जिल्लामा सबैभन्दा कम १५७ जना मतदाता छन् । गत स्थानीय तह चुनावमा ५० जनाले मतदान गरेका थिए । २०५४ को स्थानीय चुनावमा बगर वडाका सवै निर्बिरोध भएका थिए । घर कुर्नुपर्ने भएकाले सबै स्थानीयबासी मतदान केन्द्रमा जान सकेका थिएनन् ।

जेष्ठ नागरिक, अपाङ्ग र अशक्त नागरिकलाई मतदान केन्द्रमा पुग्न सास्ती हुने गरेको थियो । पशु गोठमा बस्ने गोठालाहरु प्नि मतदानबाट बञ्चित हुने गरेका थियो । नाउराको अक्करे भिरको पैदलमार्ग छिचोलेर ९ घण्टा पैदल हिडेर मतदान अधिकृत गिरिप्रसाद छन्त्यालको टोली बगर पुगेको छ ।
पहिलो पटक गाउँमै मतदान गर्न पाउँदा बगरबासी खुसी र उत्साहीत भएका उहाँले बताउनुभयो । अपायक पर्ने र भौगोलिक रुपमा विकट बस्तिका लागि स्थानीय तह चुनावपछि ८ ठाउँमा नयाँ मतदान स्थल थपिएको थियो ।

म्याग्दीका १२० वटा मतदान केन्द्रमा आइतबार हुने चुनावको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताउनुभयो । ९५६ जना कर्मचारी र दुई हजार भन्दा बढी कर्मचारी परिचालन भएका छन् । ६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ८६ हजार जना मतदाता छन् । प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १९ जना उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...