मतगणना स्थलमा सिसिटिभी र तारजाली

Add Samajik bikash office

बेनी। आइतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा मतगणना स्थल तयार पारिएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिसिटिभी क्यामेरा र तारजाली सहितको मतगणना स्थल बनाइएको हो ।

मतगणना स्थलको सबै दृष्य क्यामेराले कैद गर्ने र गणक बाहेक अन्यको पहुँच नहुने गरी तारजाली लगाइएको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मतगणना स्थलमा सुरक्षा पोष्ट, उमेद्वार र दलका प्रतिनिधि तथा मिडिया कक्षका लागि छुट्टै कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो । गणनास्थलमा सीसीटिभी क्यामेरा सहित भरपर्दो सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

मतगणना हुने ठाउँमा वाहिरबाट कोही पनि भित्र पस्न नसकुन भनेर तारजाली लगाइएको हो । मतगणनामा वस्ने उम्मेदवारका प्रतिनिधिहरुले वाहिरबाट भित्र मतगणना हेर्न मिल्ने गरी तारजाली लगाइएको छ । कोही फड्किएर मतपत्र भेट्न सक्दैनन् ।

मतदान स्थलबाट मतपेटिका संकलन पनि जिल्ला समन्वय समितिकै सभाहलमा गरिने भएको छ । ८२ मतदान स्थलमा ११९ वटा मतदान केन्द्र रहेको म्याग्दीमा ८६ हजार जना मतदाता छन् । सबै मतदान केन्द्रमा बुथ निर्माण लगायत सबै तयारी पुरा भएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो ।

आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । छ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...