मतदाताको प्रतिक्षामा मतदान स्थल

Add Samajik bikash office

बेनी । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी पुरा भएको छ ।

जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रशासन र सुरक्षा निकायले चुनावको सबै तयारी पुरा भएको जनाएका छन् । जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले मतदानका लागि मतदान केन्द्र तयार भएका बताउनुभयो ।

Bhautik ministry notice about road

म्याग्दीका १२० वटै मतदान केन्द्रमा बुथ निर्माण भएका छन् । ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल, एक वटा अस्थायी सहित १२० वटा मतदान केन्द्र छन् । प्रतिनिधीसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् । ८६३ जना अस्थायी मतदाताका लागि जिल्ला कारागार शाखामा अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।

Shreekrishna hardwear in news

स्थायी मतदाताको संख्या ८६ हजार जना छ । प्रहरी नायव उपरीक्षक तिलक भारतीले म्याग्दीमा ७३३ म्यादी र ४०९ जना जनपद प्रहरी परिचालन गरिएको बताउनुभयो । शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका जनशक्ति पनि चुनावी सुरक्षामा परिचालन भएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...