शिख, घार र दोवाका जनतासँग चुनावी सभामा खम्बिर र हरिले भने (बोलेको कुरा पुरा गरेरै छाड्दौ )

Gandaki Ghumau

म्याग्दी जिल्लाको विकास र समृद्धिका लागि आगामी पाँचबर्ष गठबन्धनका उम्मेदवारलाई रोज्न अपिल गरेका छन् । चुनावी अभियानको अन्तिम दिन उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित आमसभालाई सम्बोधन गदैं प्रतिनिधिसभाका उम्मेदवार खमबहादुर गर्बुजा ‘खम्बीर’ले आफ्नो चुनावी अभियानमा बोलेका हरेक प्रतिबद्धताहरू पूरा गर्ने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका–५, शिखमा आयोजित आमसभालाई सम्बोधन गदैं प्रतिनिधिसभा सदस्यका उम्मेदवार गर्बुजाले ग्रामिण पर्यटन, पूर्वाधारको विकासमा लोभालाग्दो बजेट ल्याउने बताउनुभयो ।  ‘मेरो चुनावी प्रतिबद्धता अनुसारको काम तपाईहरूले हेर्नुहोला,‘बोलेर मात्रै जिल्लाको विकास हुदैन, अब धेरै ढिला भइसक्यो’ गर्बुजाले भन्नुभयो । उहाँले वडाभित्रका हरेक बस्ती ग्रामिण पर्यटनका लागि सम्भावना भएकाले जनताको आवश्यकता अनुसार नै काम गर्ने बताउनुभयो । त्यस्तै प्रदेशसभा सदस्य क्षेत्र नं १ का उम्मेदवार हरिबहादुर भण्डारीले प्रदेश र संघमा गठबन्धनका सरकार बन्ने भएकाले पूरा गर्न सक्ने मात्रै प्रतिबद्धता जनाएको बताउनुभयो। ‘अब खोक्रा प्रतिबद्धताले मात्रै म्याग्दीको विकास हुन्न,हामीले अन्य जिल्लासरह बजेट ल्याएर जनताको समस्या समाधान गर्नुपर्छ’ भण्डारीले भन्नुभयो ।

Gunasthariya Shiksya

शिखको आमसभामा स्थानीयले एक्यापको आम्दानी सम्ुदायमै खर्च हुनुपर्ने, पूर्वाधार सहितका योजनाहरूमा बजेटले प्राथमिकता पाउनुपर्ने लगायतका माग समेत राखेकाले जनताको माग अनुसार नै सम्बन्धित निकायको ध्यानार्कषण गराउने उम्मेदवारले प्रतिबद्धता जनाएका थिए ।

Shreekrishna

त्यस्तै अन्नपूर्ण–६, घारमा समेत यसपटक गठबन्धनका उम्मेदवारलाई काम गर्ने अवसर दिन उम्मेदवारले मतदातालाई अपिल गरेका थिए ।गठबन्धनको अन्तिम चुनावीसभा अन्नपूर्ण–१ दोवामा भएको थियो । उक्त सभामा समेत प्रतिनिधिसभाका सदस्य उम्मेदवार गर्बुजाले दोवाबासीको समस्या समाधानमा प्रतिबद्ध रहेको बताउँदै मतको सम्मान गर्ने गरी निर्वाचित भएलगत्तै ५ बर्ष प्रतिबद्धता र काम गर्ने खाका सार्वजनिक गर्ने बताउनुभयो । ‘अर्कोपटक चुनावी सभामा अहिलेका मागहरु पूरा हुन्छन, यो तपाईलाई मेरो बाचा भयो, मैले इमान्दारितापूर्वक काम गर्नेछु’ गर्बुजाले भन्नुभयो । सोही अवसरमा गठबन्धनका नेताले समेत दोवाको पूर्वाधार, शिक्षा सहित, सिमा विवाद लगायतका क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । निर्वाचन आयोगले प्रचार प्रसार तथा घरदैलो अभियानका लागि दिएको समय आज राती १२ बजेदेखि सकिँदै छ । सुन्य समय सुरुहुने भएकाले कांग्रेसले जिल्लाभरीको चुनावीसभा दोवामा समापन गरेको नेविसंघ म्याग्दीका सभापति निर्मल खत्रीले बताउनुभयो । यसैबीच गठन्धनबाटै प्रदेशसभा क्षेत्र न २ का उम्मेदवार सुविन जुग्जाली सहितको टोलीले समेत बिहिबार घरदैलो कार्यक्रम गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...