एमाले उमेद्वारलाई भोट मागेपछि मलम्पराका मतदान अधिकृत नविन कार्कीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले हटायो

Gandaki Pardesh notice

म्याग्दी । सामाजिक सञ्जाल फेसबुकमा उमेद्वारलाई भोट माग्ने म्याग्दीका एक जना मतदान अधिकृत बिहिबार जिम्मेवारीमुक्त भएका छन् ।
धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नविन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्कीले बिहिबार बिहान प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल गरिएको डिजिटल पोष्टर आफ्नो फेसबुक पेजमा सेयर गरेका थिए ।

Bhautik ministry notice about road


कार्कीको फेसबुकको स्कृनसर्ट सहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको जिल्ला आचार संहिता अनुगमन समितिलाई उजुरी दिएका थिए ।
उजुरीको आधारमा कार्कीलाई कार्यालयले लिखित स्पष्टिकरण मागेको थियो । कार्कीले मानवीय भुलका कारण सेयर, लाइक गरेको र तत्काल हटाएको स्विकार गरेका थिए । आचार संहिता अनुगमन समितिको बैठकबाट कार्कीलाई मतदान अधिकृतबाट जिम्मेवारीमुक्त गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए ।
कार्कीलाई हटाएपछि सोही केन्द्रका सहायक मतदान अधिकृत बिष्णुप्रसाद पौडेललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । मालिका गाउँपालिका–४ को ओखरबोट माविका प्रअ रहेका कार्कीले निर्वाचन र मतदान अधिकृतको आचार संहिता विपरितको कार्य गरेपछि जिम्मेवारीबाट हटाइएका हुन् ।

Shreekrishna hardwear in news

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...