जलजला गाउँपालिकाले जिप दुर्घटनाका मृतकका परिवारलाई राहत र घाइतेलाई उपचार खर्च उपलब्ध गराउने

Add Samajik bikash office

बेनी। जलजला गाउँपालिकाले बुधबार भुरतुलामा भएको जिप दुर्घटनाका मृतकका परिवार र घाइतेको उपचारका लागि सहयोग गर्ने भएको छ ।
लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो । जलजला गाउँपालिकका अध्यक्ष राजुप्रसाद आचार्यले मृतकका परिवारलाई रु. ७५ हजार राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।
पोखरामा उपचाररत पाँच जना घाइतेलाई जनही रु. २० हजार र बेनी अस्पतालमा उपचाररहत तीन जनालाई जनही रु. पन्ध्र हजार उपलब्ध गराइने अध्यक्ष आचार्यले बताउनुभयो ।
बेनी देखि मल्लाज जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जिप दुर्घटना हुँदा जलजला गाउँपालिका–२ का ३० वर्षीय चालक डम्बरबहादुर नेपालीको मृत्यु भएको र १४ जना घाइते भएका थिए । गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
मल्लाजका ३० वर्षीय सुमन नेपाली, १२ वर्षीया सजना परियार, ४० वर्षीया माया परियार, १५ वर्षीय आशिष नेपाली र १४ सज्जन परियारलाई पोखरा रिफर गरिएको छ । १३ वर्षीया सपना परियार, १६ वर्षीया विनिता परियार, १३ वर्षीया यशोदा परियारको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
जिप उकालो सडकबाट करिब १५० मिटर तल पाखोमा खसेको वारीबेनी प्रहरी चौकीका प्रमुख बिराट ढकालले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...