म्याग्दी प्रदेशसभा क्षेत्र (क) ः देवेन्द्र की हरी ?

Gandaki Pardesh notice

बेनी । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत म्याग्दीको प्रदेशसभा क्षेत्र (क)का मुख्य प्रतिस्पर्धी उमेद्वार एकै वडाका नातेदार रहेका छन् ।

नेकपा एमालेका देबेन्द्रबहादुर कटुवाल र गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी रघुगंगा गाउँपालिका–२ भगवतिका हुन् । नाताले कटुवाल मामा र भण्डारी भान्जा पर्छन् ।

कटुवालकी आमा र भण्डारीकी हजुरआमा (आमाकी आमा) दिदिबहिनी हुन् । भगवति प्रदेश (क) मा धेरै मतदाता हुने वडा मध्यमा पर्दछ । चार वटा मतदान केन्द्र रहेको यस वडामा दुई हजार आठ सय २८ मतदाता छन् ।

Shreekrishna hardwear in news

बढी मतदाता भएको वडाका उमेद्वार बनाउँदा भेगिए मत आउने अथवा मत बाडिने र जित्न सहज हुने रणनीति दुवै पक्षले अपनाएको देखिन्छ । गत चुनावमा प्रदेश सांसद जितेका माओवादीका विनोद केसीको जन्मथलो पनि भगवतिनै हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिकामा एमाले र माओवादीले तालमेल गरेका थिए । उपाध्यक्षका उमेद्वार माओवादीका भण्डारीलाई एमालेले सघाएको थियो । त्यसबेला भगवतिको वडा अध्यक्षमा माओवादीका रिम कटुवाल निर्वाचित भए । सदस्य निर्वाचित भएका कटुवाल जिल्ला समन्वय समितिको प्रमुख चयन भए ।

गत वैशाखको स्थानीय तह निर्वाचनमा रघुगंगामा त्रिपक्षीय प्रतिस्पर्धा भयो । एमालेका अमृत भण्डारी भगवतिको वडा अध्यक्ष निर्वाचित हुदाँ माओवादी दोस्रो र काँग्रेसका उमेद्वार तेस्रो बने ।

एमालेको जिल्ला कमिटि अध्यक्ष रहेका अध्यक्ष केसी वि.स. २०५४ को चुनावबाट भगवति गाविसको अध्यक्ष र भूमी आयोगको अध्यक्ष बनेका थिए । ५७ वर्षका स्नातक तहसम्मको अध्ययन गरेका केसी शिक्षण पेशाबाट राजनीतिमा आएका हुन् ।

Bhautik ministry notice about road

केसीसँगको प्रतिस्पर्धामा गठबन्धनले ३७ वर्षीय युवा नेता भण्डारीलाई अगाडी सारेको हो । माओवादीको रघुगंगा गाउँपालिका अध्यक्ष र जिल्ला सदस्य रहेका भण्डारी वि.स. २०७४ को चुनावमा गाउँपालिका उपाध्यक्षको उमेद्वार बनेका थिए ।

वि.स. २०६१ मा कतारबाट फर्किएपछि भण्डारी माओवादीको युवा संगठन वाइसीएलको तत्कालिन गाविस कमिटिको अध्यक्ष हुदै राजनीतिमा आवद्ध भएका थिए । सवारी चालक र आफ्नै गाडी चलाएर व्यवसायमा संघर्ष गरेका भण्डारीको बेनीमा गाडी मर्मत र यातायातका साधनका पाटपुर्जा बिक्री केन्द्र छ ।
सामुदायिक वन, युवा क्लव, विद्यालय व्यवस्थापन समिति र उपभोक्ता समितिमा रहेर भण्डारीले काम गरेका छन् । भण्डारीलाई नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ ।

प्रदेशसभा क्षेत्र (क) मा राप्रपाका प्रविन शाही, राप्रपा नेपालका दुध गिरी, मंगोल नेशनल अर्गनाइजेशनका दिपक पुन उमेद्वार छन् । राप्रपाका उमेद्वार शाही भगवतिको छिमेकी वडा पिप्लेका हुन् ।

प्रदेशसभा क्षेत्र (क) मा बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका पर्दछ । ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको यो क्षेत्रमा मा ४८ हजार ४७२ मतदाता छन् । यो क्षेत्रमा गत स्थानीय तह चुनावमा एमालेका वडा अध्यक्षका उमेद्वारले १२ हजार ९६५, काँग्रेसकाले १२ हजार ३५९ र माओवादीकाले चार हजार २९३ मत पाएका थिए ।

बेनी नगरपालिकाको प्रमुख, अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष र १३ वटा वडा एमालेले जितेको छ । रघुगंगा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र ११ वडामा नेपाली काँग्रेसले जितेको छ । माओवादीले बेनी नगरपालिकाको उपप्रमुख र दुई वटा वडा जितेको छ ।

कटुवालले स्थानीय तह चुनावमा एमालेले यो क्षेत्रका दुई वटा स्थानीय तह जितेको, सांगठनिक आधार बलियो भएको, सैद्धान्तिक मत बढी भएको, लामो समयदेखि राजनीतिमा सक्रीय रहेको र आफूले जिल्ला समन्वय समितिमा रहेर निर्वाह गरेको भूमिका जितको आधार भएको बताउँछन् ।

भण्डारीले स्थानीय आवश्यकता अनुसार म्याग्दीमा प्रतिनिधिसभामा काँग्रेस र प्रदेशसभाका दुवै क्षेत्र माओवादीले लिएर गठबन्धनलाई कसिलो बनाउँदा कार्यकर्ता तहसम्म छाएको उत्साह, आफू ‘अनटेष्ट’ युवा भएको, काँग्रेस र एमालेको तिब्र प्रतिस्पर्धामा निर्णायक मत भएको माओवादी लगायत दलहरु एकतावद्ध भएको, मन्त्रि हुँदा पनि एमालेबाटे जितेर गएका प्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न नसकेका कारण गठबन्धनले जित्ने दावी गर्छन् ।

यस क्षेत्रका उमेद्वारले निर्माणाधिन बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको सडक कालोपत्रलाई पूर्णता दिने, वडा र पालिका केन्द्र जोड्ने सडक स्तरोन्नति, सडक पुल निर्माण, निर्माणाधिन जलविद्युत आयोजनालाई पूर्णता, पर्यटन पूर्वाधार विकास, गुठी जग्गाको समस्या समाधान, रोजगारी सिर्जना, कृषि र पशुपालनको व्यवसायीकरण, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधारमा जोड दिने मुद्दालाई अघि सारेर चुनाव प्रचारलाई तिब्रता दिएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...