अन्नपूर्णको घोडेपानी, चित्रे, फलातेमा गठबन्धनका उमेद्वार भण्डारीको घरदैलो

Gandaki Pardesh notice

बेनी, २९ कात्तिक । वाम लोकतान्त्रिक गठबन्धनबाट म्याग्दी प्रदेशसभा क्षेत्र (क)का उमेद्वार हरी भण्डारीले पर्यटन विकासमा जोड दिने नीति, योजना, बजेट र कार्यक्रम बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय स्थल घोडेपानी, चित्रे, फलाते र स्वाँतमा भएको घरदैलो र कोणसभाका क्रममा उमेद्वार भण्डारीले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

घोडेपानी जोड्ने सडक कालोपत्रका लागि सञ्चालित योजनालाई पूर्णता दिने, चित्रे घोडेपानी सडकलाई सहज बनाउने, घोडेपानी, पुनहिल, खोपारा, वयली लगायत पर्यटकीय स्थलको थप विकास र नयाँ गन्तब्य पहिचान गरि विकासका लागि स्थानीयवासीसँग समन्वय गर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

फलाते र स्वाँतलाई पर्यटनका साथै कृषि र पशुपालनमा जोड दिने बताउनुभयो । गण्डकी प्रदेशसभाका निवर्तमान सांसद विनोद केसीले प्रदेश सरकार मार्फत घोडेपानीमा घोडा र साइकल मार्ग, सोलार जडान भएको र यसपाली गुराँस पार्क बनाउन रु. २० लाख बिनियोजन भएको बताउनुभयो ।

उहाँले खोपाराको पर्यटन पूर्वाधारमा पनि स्थानीयको अनुरोधमा बजेट बिनियोजन भएको, स्वाँतमा विभिन्न पूर्वाधार योजना बनेका बताउदै गठबन्धनलाई जिताउन अपिल गर्नुभयो । माओवादी केन्द्रबाट गण्डकी प्रदेससभा सदस्यमा समानुपातिक बागबिर पाईजाले पोखरेबगर देखि शिख सडक निर्माण, शिखमा उच्च मावि सञ्चालनमा अगुवाई गरेको र स्वाँतखोलामा सडक पुन निर्माणमा पहल गरेको बताउदै यसपाली गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका म्याग्दी प्रदेशसभा क्षेत्र (क)का सभापति ओम छन्त्याल, उपसभापति सुजन बरुवाल, काँग्रेस अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बरुवाल लगायतले शिख, घार, घोडेपानी क्षेत्रका बासिन्दाको समस्या समाधान र विकासका लागि गठबन्धनलाई मतदान गर्न अपिल गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...