रघुगंगामा वाम–लोकतान्त्रिक गठबन्धनको आक्रामक चुनाव प्रचार

Gandaki Ghumau

बेनी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीमा चुनाबी प्रचार अभियानलाई आक्रामक बनाएका छन् ।

सोमबार गठबन्धनले रघुगंगा गाउँपालिका–८ घ्यासीखर्क, वडा नम्बर ७ चिमखोला, वडा नम्बर ४ दर्मिजा, दग्नाम र वडा नम्बर ३ पिप्लेमा चुनावी आमसभा सम्पन्न गरेका हुन् । निर्वाचनको दिन नजिकिँदै जाँदा चुनावी प्रचार प्रसारको अभियानले चुनावको सरगर्मी ह्वात्तै बढाएको छ ।

चुनावी सभाहरुलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमवीर) ले कालीगण्डकी नदीको तीरदेखी धौलागिरी हिमालको शिरसम्मको भु–भाग समेटिएको रघुगंगालाई पर्यटन, जलविद्युत, कला संस्कृति, जडिबुटी खेती, कृषि र पशुपालनमा रहेको सम्भावना उजागर गर्दै भौतिक पूर्वाधार निर्माण मार्फत समृद्ध र विकसित बनाउने प्रतिबद्धता जनाउनुभयो ।

Shreekrishna
????????????????????????????????????
Gunasthariya Shiksya

उहाँले रघुगंगाको सबै वडामा सडकको ट्याक निर्माण भएपनि त्यसलाई स्तरीय बनाउँदै कालोपत्रे गर्नुपर्ने आबश्यकता रहेको उल्लेख गर्दै गठबन्धनको पक्षमा मतदान भएमा पाँच बर्षमै विकास निर्माण मार्फत जिल्लाले फड्को मार्ने दावि गर्नुभयो । ‘‘यस अघि निर्वाचित भएका व्यक्तिहरुको भूमिका चुनावदेखि संसद भवनसम्म मात्रै भयो, जनताको अवस्थामा कुनै सुधार आएन, हामीलाई यस पटक चुनाब जित्ने र जनताको मन जितेर काम गर्ने दुबै अवसर छ, गठबन्धनको पक्षमा न्योचित फैसला जनताले अवश्य गर्नेछन’’–सभालाई सम्बोधन गर्दै गर्वुजाले भन्नुभयो ।

त्यसैगरि गठबन्धनबाट प्रदेशसभा (क)का उम्मेदवार नेकपा माओवादी केन्द्रका हरि भण्डारीले विविधताले भरिपूर्ण रघुगंगा गाउँपालिकामा लुकेर रहेका सम्भावनाको उजागर, समस्याहरुको पहिचान र निराकरण संगै सडक, शिक्षा, स्वास्थ्य, खानेपानीका सुविधा विस्तार र गुणस्तर सुधार गर्दै युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउने आफ्नो प्रमुख एजेण्डा भएको बताउनुभयो । उहाँले परिवर्तनलाई संस्थागत र विकासलाई गति दिन युवाहरुलाई जिम्मेवारी दिनु अपरिहार्य रहेको बताउँदे गठबन्धनका उम्मेदवारलाई मतदान गरि बिजयी गराउन आग्रह गर्नुभयो ।

‘‘जनताले चुन्ने प्रतिनिधि संसदको कुर्चिमा गएर बस्ने भयो भने विकास कसरी हुन्छ ? त्यसका लागि गठबन्धनले प्रदेशसभामा युवा उम्मेदवारलाई अघि सारेको छ, मेरो उम्मेदवार माओवादी र गठबन्धनका दलहरुहरुको मात्रै होइन, समग्र म्याग्दीको विकास चाहने आम युवाहरुहरुको हो’’–उम्मेदवार भण्डारीले भन्नुभयो । चुनाबी आमसभाहरुमा गठबन्धनका उम्मेदवारहरुलाई बिजयीको शूभकामना सहित स्थानीय मतदाताले स्वागत तथा सम्मान समते गरेका थिए ।

????????????????????????????????????

चुनावी सभाहरुमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेश सदस्य रिम कटुवाल, माओवादीका प्रतिनिधिसभा सदस्य पदका समानुपातीक उम्मेदवार डाक्टर मिनबहादुर श्रेष्ठ, नेपाली काँग्रेसका प्रदेश निर्वाचन क्षेत्र (क)का सभापति ओम छन्त्याल, उपसभापति सुजन बरुवाल, महाधिवेशन प्रतिनिधि जिवन मल्ल, तरुण दल म्याग्दीका अध्यक्ष मुकुन छन्त्याल, काँग्रेसका प्रदेश समानुपातिक उम्मेदवार बिमला गौचन, रघुगंगा गाउँपालिकाका निवर्तमन उपाध्यक्ष कमला तिलिजा, नेकपा एकिकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य याम श्रेष्ठ, जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, समानुपातिक उम्मेदवार दिलु बुद्धुजा लगायतले आगामी प्रदेश र संघीय सरकार गठबन्धनकै बन्ने निश्चित भएकाले निर्वाचनमा गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आह्वान गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...