‘समृद्ध र सुखी’ म्याग्दी बनाउने एमालेका उम्मेदवारको घोषणा

Gandaki Pardesh notice

बेनी। नेकपा एमालेका उमेद्वारहरुले म्याग्दीलाई ‘समृद्ध र सुखी’ बनाउने घोषणा गरेका छन् । अन्नपूर्ण गाउँपालिका–३, दाना र ४ नम्बर वडा नारच्याङमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् ।

एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफूले निर्वाचन जितेमा म्याग्दी जिल्लालाई समृद्ध र सुखी बनाउन पहल गर्ने बताउनुभयो । उहाँले म्याग्दीमा प्रशस्तै सम्भावना भएकाले यसको समुचित प्रयोग गरी विकासमा लगाउन आवश्यक नीति बनाउन जरुरी भएको बताउँदै आफू निर्वाचित भएर सम्बन्धित ठाउँमा पुगेपछि जिल्लालाई समृद्ध बनाउनेतर्फ ध्यान दिने बताउनुभयो ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

म्याग्दीको सबै पालिकामा कृषि, पर्यटन, जलविद्युत, पशुपालन, खनिज, जडिबुटीलगायत प्राकृतिक स्रोतसाधनहरुको पर्याप्त उपलब्धता भएको बताउँदै उम्मेदवार श्रेष्ठले स्रोतसाधनको पहिचान र परिचालन गरी समृद्ध म्याग्दी बनाउन सकिने भएकाले एमालेको पक्षमा मतदान गर्न अपिल गर्नुभयो । उहाँले स्वदेशमा केही पनि काम पाइएन भनेर विदेशिने युवाहरुलाई जिल्लामा रोजगारको विभिन्न क्षेत्रहरुको पहिचान गरेर स्वरोजगार बनाउन सकिने हुँदा एमालेले गरेको घोषणालाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सोही सभालाई सम्बोधन गर्दै एमाले म्याग्दीका अध्यक्ष एवं प्रदेशसभा (१)का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले एमाले पार्टीले यसअघि देश विकासका लागि सुरु गरेको कार्यक्रम तथा योजनालाई पूर्णता दिइने बताउनुभयो । उहाँले आफू प्रदेश सभामा पुगेको खण्डमा म्याग्दी जिल्लाको विकास गर्न आवश्यक पर्ने भौगोलिक अवस्था तथा हिमाली जिल्ला अनुकुल नीति निर्माणको पहल गरी कायान्यवन गर्ने प्रतिबद्धता जनाउँदै मंसिर ४ गतेको निर्वाचनमा एमाले र एमालेका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गर्नुुभयो । 

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री थममाया थापाले यसअघि एमाले नेतृत्वको सरकारले सङ्घीयताको कार्यान्वयनसँगै वृद्धभत्ता वृद्धि तथा मजदुरको माग सम्बोधन गरेको, कोरोनाको खोप समयमै ल्याएर जनतालाई लगाएको, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा पर्याप्त बजेटको विनियोजन गरेको, पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभयो । उहाँले देशमा सुशासन, विकास, समृद्धि र समानता कायम गर्नका लागि एमालेको पक्षमा मतदान गरी विजयी बनाउनुपर्नेमा जोड दिनुभयो । 

यसैगरी प्रदेशसभा (२)का उम्मेदवार यामहादुर गर्बुजाले जनताको लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । धवलागिरी–२ लुलाङ र ४ मुदीमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उहाँले चुनाव जितेर गएपछि आफ्नो निर्वाचन क्षेत्रका जनताकै हितमा रहेर काम गर्ने बताउनुभयो । पार्टीको घोषणापत्र र आफ्नो प्रतिबद्धता अनुसारको योजनालाई प्राथमितामा राखेर पश्चिम म्याग्दीका जनताको आवश्यकतालाई परिपूर्ति गर्न सशक्त आवाज उठाउने र नीति, निर्माणको पहल गर्ने बताउनुभयो । 


एमाले केन्द्रीय सदस्य एवं निवर्तमान प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानको रक्षा, राजनीतिक स्थायित्व, मितव्ययी, पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था सञ्चालनका लागि एमाले नै सक्षम देखिएकाले जनताको विश्वास गठबन्धनलाई नभई एमालेतर्फ भएको बताउनुभयो । उहाँले आगामी मंसिर ४ को निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारलाई विजयी गराउन पनि अनुरोध गर्नुभयो । उहाँले आफू सांसद रहँदा म्याग्दीलाई हिमाली जिल्लामा सुचीकृत गरेको, सडक विस्तार तथा स्तरोन्नति, विद्यालय र स्वास्थ्यचौकीका भवन निर्माण, पर्यटनका पूर्वाधार विकासलगायत क्षेत्रमा जोड दिइएको बताउनुुभयो । 

एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नरदेवी पुनले समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न आसन्न निर्वाचनपछि देशमा एमालेको सरकार बन्ने बताउनुभयो । उहँले एमाले सरकारले मानव पुँजी निर्माण, पूर्वाधारको विकास, गरिबी निवारण, लैङ्गिक समानता, शैक्षिक उन्नति, स्वास्थ्य, कृषि, पर्यटन, सडकलगायत क्षेत्रमा उल्लेख्य विकास गरेको बताउँदै अहिलेको परमादेशी सरकारले मुलुकलाई सङ्कटतर्फ धकेलेको आरोप लगाउनुभयो । परमादेशी सरकारलाई विस्थापित गरी जनादेशको सरकार गठनका लागि पनि एमालेलाई जिताउनुको विकल्प नभएको उहाँको भनाइ छ । 
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...