राहुघाट–म्याग्दी चक्रपथ बनाउने र बेनी–पाखापानी सडक पिच गर्ने गठवन्धनका उमेद्वारको प्रतिवद्धता

Gandaki Pardesh notice

बेनी, । वाम–लोकतान्त्रिक गठबन्धनका उमेद्वारले बेनी–पाखापानी सडक पिच गर्ने र राहुघाट–म्याग्दी चक्रपथ बनाउने योजना अघि सारेका छन् । बेनी नगरपालिका–१० वाखेत, रघुगंगा गाउँपालिका–५ झिँ, वडा नम्बर ६ को पाखापानी र कोटगाउँमा आइतबार भएको चुनावी सभामा यस्तो प्रतिवद्धता जनाएका हुन् ।
बेनी नगरपालिका, रघुगंगा गाउँपालिकाको ठाडाखानी हुदै धवलागिरी गाउँपालिकाको भेडिखाल्टा, मल्कवाङ हुदै मालिका, मंगला र मंगला गाउँपालिका जोड्ने सडकलाई चक्रपथ बनाउने र बेनी–पाखापानी सडकलाई पिच गर्ने योजनामा प्राथमिकता दिने बताउनुभएको हो ।
सडकसँगै खानेपानी, स्वास्थ्य संस्थाको गुणस्तर सुधारका लागि पुर्वाधार, औजार र जनशक्ति व्यवस्थापन, शिक्षालाई सर्वसुलभ र स्तरीय बनाउन शिक्षक दरवन्दिको व्यवस्था गनै नीतिगत पहल गर्ने, खानी, जडिवुटी, वनपैदावार, कृषि र पशुपालनको विकास गरी रोजगारी सिर्जनामा जोड दिने जनाएका छन् ।

Bhautik ministry notice about road


प्रतिनिधिसभाका सदस्यका उम्मेदवार नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाले म्याग्दीको विकासका लागि आफूलाई एकपटक अवसर दिन जनतामाझ अनुरोध गर्नुभयो । ‘जनताको विश्वास र भरोसालाई सधैं सिरमा राखेर पाँचबर्षमा मतदातले भन्न सक्ने काम गर्नेछु,’ उहाँले भन्नुभयो ‘जनताका अति आवश्यकता समाधान नगरे अर्कोपटक भोट माग्न आउँदैनौ ।’
प्रदेससभा क्षेत्र नं १ का गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका हरी भण्डारीले गठबन्धनले विजय भएपछि नयाँ आयाममा विकासका मोडेलहरूलाई अगाडि सार्ने बताउनुभयो । ‘तपाईहरुको मत खेर जान दिन्नौं, एकपटक, यसैपटक अवसर दिनुहोस’ भण्डारीले भन्नुभयो ।
योजना आयोगका पुर्व उपाध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार डा. मिनबहादुर श्रेष्ठले म्याग्दीमा अहिले सडक सहितका पूर्वाधार नै प्रमुख आवश्यकता भएको बताउनुभयो । ‘मैले योजना आयोगमा काम गर्ने अवसर पाउँदा म्याग्दीका ठूला सडकलाई गति दिए,‘तपाईहरुलाई मैले बोलेको पूरा गरेर देखाएको छु, अहिले बेनी–दरवाङ सडकको केही भाग कालोपत्रे भई सहज आवतजावत भएको छ’ डा. श्रेष्ठले भन्नुभयो ।
उहाँले पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडक जस्तै बेनी–पाखापानी सडक सहित जिल्लाका महत्वपूर्ण सडकलाई पाँचबर्षभित्र कालोपत्र गर्न सकिने बताउनुभयो । नेपाली काँग्रेसका प्रदेशसभामा समानुपातिक उमेदवार विमला गौचनले जिल्लामा अपेक्षित विकास नहुनुमा केन्द्रमा पहुँचको अभाव र विगतमा निर्वाचित जनप्रतिनिधिहरुको बेवास्ता नै प्रमुख कारण भएको बताउनुभयो ।
यसैबीच प्रदेशसभा क्षेत्र नं २ को विभिन्न स्थानमा चुनावी आमसभा भएको छ । प्रदेशसभा उम्मेदवार एवम् नेकपा माओवादी केन्द्रका संयोजक रेशम जुग्जाली (सुविन)ले म्याग्दीको विकास नहुनुको जिम्मेवारी २०४८ पछिका दुई वटा बाहेक अहिलेसम्मका सबै संसदीय निर्वाचन जितेको एमालेले लिनुपर्ने भन्दै अव पाँचबर्ष गठबन्धनबाट जितेका उम्मेदवारले पश्चिम म्याग्दीको विकासलाई नयाँ उचाईमा पुर्याउने बताउनुभयो । गठबन्धनले चुनावी सभा सहित घरदैलो र भेटघाटलाई समेत तिब्रता दिएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...