दोवा, भुरुङ, धारापानी, ताकम र मुनामा एमालेको चुनावी सभा

Gandaki Ghumau

बेनी, । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन प्रचारप्रसारको क्रममा नेकपा एमालेका उमेद्वारहरुले शनिबार अन्नपूर्ण र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँमा चुनावी सभा गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क्षेत्र (क)का उमेद्वार देवेन्द्रबहादुर कटुवालको टोलीले अन्नपूर्ण गाउँपालिका–१ दोवा र २ भुरुङ तातोपानी तथा प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार याम गर्बुजाको टोलीले धवलागिरी गाउँपालिका–७ धारापानी, ताकम र मुनामा चुनावी सभा गर्नुभएको हो ।

Gunasthariya Shiksya

सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उमेद्वार श्रेष्ठले पञ्चायत विरोधी आन्दोलनको अगुवाई गरेको दोवालाई ऐतिहाँसिक गणतन्त्र वस्ती घोषणा गरी पर्यटकीय गन्तब्य बनाउने, भुरुंग तातोपानी कुण्डलाई प्राकृतिक चिकित्सालय बनाउने घोषणा गर्नुभयो ।
प्रदेशसभा क्षेत्र (क)का उमेद्वार कटुवालले अन्नपूर्ण गाउँपालिकाको आलुलाई ब्राण्डींग गर्ने, दोवाको गुठीको समस्या समाधान गर्ने र व्यवसायिक कृषिको विकास मार्फत गाउँबाट सहर पलायन हुने क्रम रोक्ने बताउनुभयो ।

Shreekrishna

प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार यामबहादुर गर्बुजाले धवलागिरी गाउँपालिकालाई पर्यटकीय गन्तब्य बनाउने, शिवांगमा क्याम्पस स्थापना गर्ने आश्वासन दिनुभयो । उहाँले युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम नीति बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...