शान्ति समाजको साधारणसभा

Gandaki Pardesh notice

बेनी, । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको २० औ साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । शाखा सभापति सन्तोष गौतमको अध्यक्षतामा भएको साधारणसभाले सचिव मुकुन्दप्रसाद आचार्यको प्रगति र कोषाध्यक्ष बिष्णुप्रसाद आचार्यको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

साधारणसभाका प्रमुख अतिथि श्रीकृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रका उपाध्यक्ष नैनकुमार श्रेष्ठले संविधान र कानुनले प्रदान गरेका अधिकार नागरिकले उपभोग गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । समाजका केन्द्रिय सचिव निर्मल नेपालीले मानव अधिकारका साथै संस्थाले जलवायु परिवर्तन, दुब्र्यसनी र न्यायका विषयमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

Bhautik ministry notice about road

नागरिक समाज म्याग्दीका संयोजक सुर्दशनकुमार श्रेष्ठले मानवअधिकारको क्षेत्रमा कार्यरत संघ संस्थाहरुबीच सहकार्य र राजनीतिक नेतृत्वको गलत कदमप्रति खवरदारी गर्नुपर्ने बताउनुभयो । समाजका पुर्व बरिष्ठ उपाध्यक्ष राम्जीप्रसाद सुवेदी, पुर्व शाखा सभापति ठाकुरप्रसाद शर्मा, सञ्जयकुमार श्रेष्ठले दन्द्धको असहज अवस्थामा म्याग्दीमा गठन भएको शान्ति समाजले नागरिक अधिकारको पक्षमा गरेका कामको स्मरण गर्नुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रममा समाजका शाखाका उपसभापति हरिप्रसाद पौडेलले स्वागत गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...