म्याग्दीका मतदान केन्द्रमा खटिएका कर्मचारीलाई तालिम दिन थालियो

Gandaki Pardesh notice

बेनी, मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि म्याग्दीमा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिन थालिएको छ ।

सदरमुकामको बेनी सामुदायिक माविमा शनिबार देखि शुरु भएको निर्वाचन सम्बन्धी अभिमुखीकरण दुई दिनसम्म चल्ने छ । तालिममा सहभागि भएका अधिकृतहरुलाई नमूना मतदान केन्द्र निर्माण गरी नमूना मतदान समेत गराइएको छ ।

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपाल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले निर्वाचन सम्बन्धी विषयमा अभिमुखीकरण गर्नुहुनेछ् । मतदान अधिकृतहरुलाई व्यवहारिक र सैद्धान्तिक विषयमा जानकारी गराइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

निर्वाचन सम्बन्धी ऐनकानून, निर्वाचन पूर्वको अवस्था, मतदान केन्द्रमा आइपर्ने समस्याहरु, निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्थापन र मतपेटिका ढुवानी, निर्वाचन कार्यक्रम, जनशक्ति, आर्थिक व्यवस्थापन, मतदान अधिकृत, सहायक मतदान अधिकृतको जिम्मेवारी र भूमिका, मतदानको सामग्री बुझेपश्चात् मतपेटिका बुझाउनेसम्मको प्रक्रियालगायत विषयमा अभिमुखीकरण दिइने जिल्ला निर्वाचन अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार एकसय २० जनालाई तालिम दिइएको छ । आइतबार १२० जनालाई अभिमुखीकरण गरिने निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ८२ मतदान स्थल, १ अस्थायी सहित १२० मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचन गराउन ९५६ जना कर्मचारी परिचालन गरिएको छ । प्रतिनिधिसभा तर्फ एक र प्रदेशसभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तिनपदका लागि १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...