स्वतन्त्र उमेद्वार देवेन्द्र फगामी चुनावी प्रचारमा व्यस्त

Gandaki Ghumau

बेनी । म्याग्दी, प्रदेशसभा क्षेत्र (ख)का स्वतन्त्र उमेद्वार देवेन्द्र फगामी चुनाव प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ ।

पानीको धारा चुनाव चिन्ह पाएका फगामीले प्रदेशसभाको क्षेत्र ख मा पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँमा पुगेर घरदैलो गरि मतदाता भेटघाट गरेको बताउनुभयो ।

“सबैले भौतिक विकासलाई मात्र प्राथमिकता दिए मेरो मुद्दा भनेको पहिले सामाजिक र आर्थिक परिवर्तन हुनुपर्छ भन्ने हो,” उहाँले भन्नुभयो “राजनीतिले विभाजित गरेको समाजलाई जोड्न स्वतन्त्र उमेद्वार बनेको हो ।”

Shreekrishna
Gunasthariya Shiksya

भ्रष्ट्राचारको अन्त्य गरि सुशासन कायम गर्न सकेमा नेपालमा विकास स्वत हुने फगामीको भनाई छ । मालिका गाउँपालिका–५ देविस्थानका ३३ वर्षीय फगामी बेनीमा व्यवसाय गर्दै आउनुभएको छ ।

नेपाल मगर विद्यार्थी संघ म्याग्दीको एक कार्यकाल जिल्ला अध्यक्ष रहेका फगामी संघको सचिवालय सदस्य हुनुहुन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...