घोडेपानीमा पर्यटकको चहलपहल

Gandaki Pardesh notice

घोडेपानी, । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटन आगमन लयमा फर्किएको छ ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर –६ मा अवस्थित घोडेपानी र पुनहिलमा पर्यटक आगमन तीन वर्षपछि लयमा फर्किएको हो । समुन्द्रि सतहदेखि दुई हजार आठ सय मिटरको उचाईमा अवस्थित घोडेपानी र तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो ।

घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मिना पुनले कोरोना (भाइरस)को महामारीका कारण वि.स. २०७६ को असोज–कात्तिकको यामदेखि सुनसान बनेको घोडेपानीमा पछिल्लो यामदेखि पर्यटक आगमन बढेको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“२०७७ र २०७८ को दुई वटै याममा सुनसान भयो,” उहाँले भन्नुभयो “यसपालीको याममा नसोचेको पर्यटक आए । हामी उत्साहीत छौ ।” दैनिक ५०० जनाको हाराहारीमा स्वदेशी र विदेशी पर्यटक घोडेपानी पुग्ने गरेका छन् ।

घोडेपानी पर्यटक प्रहरी चौकीका अनुसार २०७९को वैशाख देखि कात्तिक तेस्रो सातासम्म १४ हजार ६८४ जना पर्यटकले भ्रमण गरेका छन् । कोरोनाअघि घोडेपानीमा वार्षिक ३० देखि ६० हजार जना पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ ।

वैशाखमा दुई हजार १८५, जेठमा ७१९, असारमा ४७६, साउनमा ६२७, भदौमा एक हजार ३९, असोजमा छ हजार ९१४ र कात्तिकको १६ गतेसम्म दुई हजार ७२४ जना पर्यटक आएका चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सन्तोष भुषालले बताउनुभयो ।

Bhautik ministry notice about road

चौकीले घान्द्रुक, उल्लेरी, शिख, मोहरेडाडा भएर घोडेपानी भित्र्ने र बाहिरिने पर्यटकको विवरण सहितको तथ्याङ्क राख्ने गरेको छ । यो तथ्याङ्क भ्रमणका लागि अनुमति लिएर आएका विदेशी पर्यटकको मात्र हो । पर्यटक मजदुर र नेपालीहरु प्नि विदेशीकै संख्यामा आएका प्रहरी सहायक निरीक्षक भुषालले बताउनुभयो ।

घोडेपानीमा पर्यटकको बसोबासका लागि २३ वटा सुविधायुक्त होटलहरु छन् । ती होटलमा दैनिक ७०० जना पर्यटक वास बस्न सक्दछन् । पोखरा, काठमाडौ, चितवन, बुटवल, बागलुङ, पर्वत र मधेशका जिल्लाबाट विद्यार्थी, शिक्षक, कर्मचारी र व्यवसायीहरु समूह बनाएर आउने क्रम बढेको घोडेपानी टोल सुधार समितिका संयोजक विरेन गर्बुजाले बताउनुभयो ।

आन्तरिक पर्यटकलाई आकर्षित गर्न कोठा भाडा र खानामा सहुलियतको सुविधा दिइएको उहाँले बताउनुभयो । हिमशृङखला, सुर्योदय, पहाडी भूगोल, मगर संस्कृति, गुराँसको जंगल, वन्यजन्तु र पंक्षीको अवलोकनका लागि घोडेपानी र पुनहिलमा पर्यटक आउने गर्छन् ।

घोडेपानी देखि करिब एक घण्टाको उकालो पैदलयात्रा गरेपछि पुनहिलमा पुगिन्छ । पुनहिलबाट सुर्योदय, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा, सिस्ने, मनास्लु रेञ्जका हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । गुराँसको जंगलको विचमा रहेको पहाडको टाकुरामा रहेको पुनहिलबाट वरपरका वस्ति र पहाडी भूगोलको दृष्य पनि देखिन्छ ।

अस्टे«लीयाका आलेनले नदी किनार देखि हिमालको फेदी सम्मका दृष्य, स्थानीयवासीको आत्मियता र रहनसहनले घोडेपानी भ्रमण रमाइलो भएको अनुभव सुनाउनुभयो । एभरेष्ट टुर्स एण्ड ट्राभल्सका पथप्रर्दशक नवराज श्रेष्ठले यो सिजनमा अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटक आगमन सन्तोषजनक देखिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...