म्याग्दीलाई समृद्ध जिल्ला बनाउने एमाले उम्मेदवारको घोषणा

Gandaki Pardesh notice

बेनी, । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले समृद्ध जिल्ला बनाउने संकल्प लिएर निर्वाचनमा आएकाले भोट दिनका लागि अनुरोध गर्नुभएको छ ।
नेकपा एमाले चुनाव प्रसार प्रसार कमिटीको आयोजनामा विहिबार मालिकाको रुम र रघुगंगाको चिमखोला र पिप्लेमा संचालित चुनावीसभामा उम्मेदवार श्रेष्ठले जिल्लाको शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन लगायतका क्षेत्रमा परिवर्तनका गर्ने प्रतिवद्धता सहित एमालेलाई मतदान गर्न अपिल गर्नुभएको थियो ।
‘मेरो लामो राजनैतिक जीवन म्याग्देली जनताकै लागि समर्पित गरेको छ’ु, उम्मेदवार श्रेष्ठले भन्नुभयो, म शासक होइन सेवक बनेर जनता संगै हुनेछु । जिल्ला हरेक क्षेत्रमा समानता र सुशासन कायम गर्नका लागि आफ्नो मुख्य भूमिका तथा जिम्मेवारी रहने उम्मेदवार श्रेष्ठको भनाई थियो ।
त्यस्तै प्रदेश (क) का उम्मेदवार देवेन्द्र बहादुर कटुवालले चिमखोलालाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रुपमा विकास गर्नका लागि आवश्यक पूर्वाधार निर्माणका लागि पहल गर्ने बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको रघुगंगा गाउँपालिकामा थुप्रै सम्भावनाहरु भएकाले स्थानीय श्रोत र साधनको उच्चतम प्रयोग गरि विकासका लहर ल्याउने गरि आफु निर्वाचनमा उत्रिएकाले अमूल्य मत प्रदान गरि विजयी गराउनु अनुरोध गर्नुभयो ।
सभालाई सम्वोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले सुखि नेपाली, समृद्ध नेपालको राष्ट्रिय संकल्प पुरा गर्नका लागि मंसिर ४ पछि नेकपा एमालेको सरकार बन्न आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय एकता कायम गर्दै लोकतन्त्रको रक्षा र जनजीविकाको सवालहरुलाई ठिक ढंगले सम्वोधन गर्ने पार्टी नेकपा एमाले भएको भन्दै जनभावना विरोधी काम गर्ने गठवन्धनको विपक्षमा उभिएर नेकपा एमालेलाई विजयी गराउन सम्पूर्ण म्याग्देली जनताहरुलाई आव्हान समेत गर्नुभएको छ ।

Bhautik ministry notice about road


नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज भूपेन्द्र बहादुर थापाले एमाले सरकारले राष्ट्रियताको सवालमा गुमेको भूमि सहितको नक्सा सार्वजनिक गरेर ऐतिहाँसिक कार्य गरेको बताउनुभयो । त्यस्तै भारतले नाकाबन्दी गरेकै समयमा केपी ओली नेतृत्वको सरकारले छिमेकी राष्ट्र चिनसंग पनि व्यापार र पारवाहन सन्धी गर्दै उत्तरी नाका संचालन गर्ने गरि सडक लगायतको संरचना तयार गरेको बताउनुभयो । देशको स्वतन्तत्रा, सार्वभौमिकता र अखण्डताको रक्षा गर्ने दृढ ईच्छाशक्ति भएको नेतृत्व एमाले संग मात्रै भएकाले आगामी मंसिर ४ को निर्वाचनमा एमालेलाई मतदान गरि नेकपा एमालेका उम्मेदवारहरुलाई भारि मत सहित विजयी गराउन अनुरोध गर्नुभयो ।
त्यस्तै प्रदेशसभा क्षेत्र (ख) का उम्मेदवार यामबहादुर गर्वूजाले मालिका २ रुममा भएको चुनावीसभालाई सम्वोधन गर्दै जनताको आवश्यकता र भावना अनुसारको काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । रुमको ढुंगाखानीलाई व्यवस्थित तरिकाले संचालन गरि स्थानीयलाई रोजगारको सृजना गर्ने र दुरुलेक लगायतका पर्यटकीय क्षेत्रमा पूर्वाधान निर्माण गरि पर्यटनको विकास गर्ने योजना अघि सार्ने उहाँको भनाई थियो । साथै मंसिर ४ मा सूर्य चिन्हमा भोट गरि विजयी गराउन पनि रुमबासीलाई अनुरोध गर्नुभयो ।
प्रदेश क को चुनावीसभामा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष बालकृष्ण सुवेदी, रघुगंगा पालिका कमिटी अध्यक्ष दिपक कार्की, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी लगायतका नेताहरुले सम्वोधन गर्नुभएको थियो भने प्रदेश ख को चुनावीसभालाई नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला सह ईन्चार्ज नरदेवी पुन, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, प्रदेश कमिटी सदस्य सुवास विश्वकर्मा, रामचन्द्र गौतम, जिल्ला कमिटी सचिवालय सदस्य तथा निर्वाचन परिचालन कमिटी संयोजक खरमाया विटालु लगायतका नेताहरुले सम्वोधन गर्दै नेकपा एमालेका उम्मेदवारहरुलाई भोटको अपिल गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...