रघुगंगामा माटो परिक्षण गर्न घुुम्ति शिविर

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले माटो परिक्षण अभियान सञ्चालन गरेको छ ।

माटोको अवस्था र सम्भावना पहिचानका लागि वडा स्तरमा माटो परिक्षण गर्न थालेको हो । घुम्ति शिविर मार्फत माटो परिक्षण अभियान सञ्चालन गरिएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक मनोज सुवेदीले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

माटो परिक्षण गर्न इच्छुक कृषकहरुलाई कात्तिक १५ देखि ३० गतेसम्म वडा कार्यालयमा नाम र माटोको नमुना उपलब्ध गराउन सूचना जारी गरेको थियो । कृषकबाट संकलन भएको नमुनालाई किट बक्स बिधिबाट परिक्षण गरिने कृषि प्राविधिक सहायक सुवेदीले बताउनुभयो ।

Shreekrishna hardwear in news

वडामा रहेका कृषि प्राविधिक र कृषकलाई माटोको नमुना संकलन र परिक्षणका बोरमा तालिम दिइएको छ । माटो परिक्षण कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० मा रु. चार लाख बजेट बिनियोजन गरेको थियो । रघुगंगामा आठ वटा वडा छन् । सबै वडाका फरक फरक ठाउँको माटो परिक्षण गर्न लागिएको हो ।

माटोमा अम्लियपना, छारीयपना र तटस्थताको मात्रा कस्तो छ तथा कुन स्थानमा कस्तो बाली लगाउँदा उपयुक्त हुन्छ भनेर पहिचान गर्न माटो परिक्षण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...