बेग र भगवतिमा खानेपानी र सडक योजनालाई पुरा गर्ने गठबन्धनका उमेद्वारको प्रतिबद्धता

Sinchai Khanipani notice

भगवती, । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी सभा सम्पन्न गरेको छ ।
सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र बेगको विकासको लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई अपिल गरेका छन् । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा( खमविर)ले अधुरा खानेपानी र सडकका आयोजनालाई पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
रघुगंगाको वडा नं. १ बेग, २ राखु भगवती, २ पिप्लेमा एक घर एक धारा खानेपानी आयोजनालाई पूर्णता दिई जनतालाई जिवनस्तरमा सुधार आउने योजनालाई प्राथमिकता दिने बताउनुभयो ।
‘यहाँको सबै समस्या संग जानकार छु, म निर्वाचित नहुँदा पनि विभिन्न विकास निर्माण आयोजना भित्राएको यहाँहरुलाई अवगत नै छ । यस पटक हाम्रो गठबन्धनलाई जिताउनुभयो भने, यहाँको समग्र विकासको जिम्मा हामी लिन्छौँ,’ उम्मेद्वार गर्बुजाले भन्नुभयो ।
उहाँले चिमखोलाबाट भगवतीमा खानेपानी ल्याउने आयोजनालाई पूर्णता दिने, यस क्षेत्रमा रहेको गुठी समस्यालाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । प्रदेशसभा निर्वाचन क्षेत्र (क)का उम्मेदवार हरि भण्डारीले गलेश्वर, पिप्ले, भगवती, बेग जोड्ने सडकलाई कालोपत्रे गर्ने योजनाको डिपिआर गर्ने काम आफ्नै अगुवाईमा भएको स्वमरण गराउदै अधुरो रहेको उक्त योजनालाई छिटो सम्पन्न गराउन भुमिका खेल्ने बताउनुभयो ।
यस क्षेत्रको सडक पूर्वधार निर्माण, रुईसे क्षेत्रको पर्यटन विकास, यहाँको शिक्षा युवा सशक्तिकरण र समाजिक गतिविधिमा आफु कुनैपनि पदमा रहको बेलामा समेत नेतृत्वदाही भुमिका खेलको बताउदै गठबन्धको पक्षमा मतदान गर्न आवहान गर्नभयो । ‘यहाँ गुठी प्रमुख समस्या रुपमा रहेको छ, प्रदेश सभामा पुग्ने अवसर मिलेमा त्यसको लागि आवश्यक निति निर्माण गरि समाधान गर्न म प्रतिबद्ध छु, यस क्षेत्रको सम्रग विकास र युवाहरुलाई आत्मनिर्भर बनाउने मेरो अर्को प्राथमिकता हो,’ उम्मेद्वार भण्डारीले भन्नुभयो ।
ग्रामिण क्षेत्रमा शिक्षा, स्वाथ्य, खानेपानीको अवस्थामा सुधार गर्दै अत्याआवश्यक सेवा सुविधालाई बिस्तार मार्फत गाउँलाई नै शहर बनाउने कृषि र पशुपालनलाई आधुनिकरण र ब्यवसायीकरण गर्दै उधमशिलताको विकास गरी जन्मथलोमा नै आत्मनिर्भर बनाउने उहाँको भनाई थियो ।
आमभसामा प्रदेशसभा निर्वाचन क्षेत्र (क)का का सांसद विनोद केसी, नेकपा काओवादीका प्रतिनिधि सभा सदस्यका समानुपातीका उम्मेद्वार डा.मिन श्रेष्ठ, नेपाली कांग्रेसका उप–सभापती कर्णबहादुर भण्डारी (केबि), याम श्रेष्ठ, कांग्रेसका नेता हिमान्सु खड्का, नेकपा माओवादी केन्द्रका युवा नेता रेशम के.सीले बोल्नुभएको थियो । नेकपा माओवादीका वडा कमिटि अध्यक्ष नर बहादुर भण्डारीको अध्यक्षमा भएको कार्यक्रमा स्वागत रिम कटुवालले गर्नुभएको थियो । सञ्चालन कांग्रेस प्रदेश निर्वाचन क्षेत्र क का उप – सभापती सुजन बरुवालले गर्नु भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...